१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो अभ्यास खेलमा नेपाल बिजयी



अ+ अ-

काठमाडौं । नेपालको यू–१९ राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलङ्काको स्थानीय क्लब बादुरेलियालाई पराजित गरेको छ । श्रीलङ्काको कोलम्बोस्थित सरे क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बादुरेलियालाई ८० रनले हराएको हो ।

नेपालले बादुरेलियालाई १६५ रनको लक्ष्य दिएको थियो । बादुरेलिया २३ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै मात्र ८४ रन बनायो । बादुरेलियाका लागि थिभेन्दु डिक्वेले सर्वाधिक ३१ रनको योगदान दिए । आभिस्का लक्सनले २१ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क छुन सकेनन् । बलिङतर्फ नेपालका सागर ढकाल एक्लैले पाँच विकेट लिए । यस्तै पवन सर्राफ र कमलसिंह ऐरीले दुई–दुई विकेट तथा कुशल मल्लले एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ४६ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २०६ रन बनाएको थियो । वर्षाले खेल प्रभावित भएपछि दोस्रो इनिङ् ३५ ओभरमा झारिएको थियो । वर्षा बाधक बनेपछि बादुरेलियाले डिएल पद्दतिको आधारमा १६५ रनको लक्ष्य पाएको हो । नेपालका लागि रीत गौतम र हरि चौहानले अर्धशतकीय इनिङ् खेले । रीतले ७६ तथा हरिले ५६ रन बनाए । सन्दीप जोराले २४, आसिफ शेखले १४ तथा भीम सार्कीले १० रन बनाए ।

बलिङर्फ बादुरेलियाका लागि मालिदा करुनारत्ने, अभिस्का लक्सन र थिलिना चमाथले दुई÷दुई विकेट लिए । नेपालले अन्तिम अभ्यास खेलमा शुक्रबार श्रीलङ्काको चिल मरियन्ससँग खेल्नेछ । पहिलो अभ्यास खेलमा नेपाल सिङहलेस क्रिकेट क्लब ९एसएससी० को यू–२३ टिमसँग तीन विकेटले पराजित भएको थियो । यू–१९ एशिया कपको तयारी स्वरुप तीन अभ्यास खेल खेल्न नेपाली टोली श्रीलङ्का भ्रमणमा गएको हो । एशिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा श्रीलङ्का, बङ्गलादेश र युनाइटेड अरब इमिरेटस् ९युएई० छन् । यस्तै समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुबेत छन् । प्रतियोगिताको पहिलो खेलमा नेपालले भदौ २० गते आयोजक श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले भदौ २२ गते बङ्गलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।