२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टिभ स्मिथको दोहोरो शतकले अस्ट्रेलिया झनै मजुबत



अ+ अ-

काठमाडौँ । स्टिभ स्मिथले दोहोरो शतकले एसेज श्रृङखलाको चौथो टेस्टमा
अस्ट्रेलिया मजुबत स्थितिमा पुगेको छ ।

दोस्रो दिनको खेल सकिदासम्म इग्ल्यान्डले एक विकेट गुमाउँदै २३ रन बनाएको छ । इग्ल्यान्ड अस्ट्रेलियासँग ४ सय ७३ रनले पछि छ । ओल्ड ट्राफोडमा भएको खेलमा स्मीथले २ सय ११ रनको इनिङ खेले ।

उनले खेलमा दुई पटक जीवनदान पाएका थिए । ६५ रन हुँदा जोफ्रा आर्चरले उनको क्याच ड्रप गरे भने १ सय १८ रनमा जाक लिचको नो बलमा आउट भएका थिए । अस्ट्रेलियाले ८ विकेट गुमाएर ४ सय ९७ रनमा पहिलो इनिङ समाप्तिको घोषणा गरे छ ।

एसेजको तीन वटा टेस्टमा शतक प्रहार गर्दै स्मीथले ५ सय ८९ रन बनाइसकेका छन् । घाइते भएको कारण स्मीथले श्रृङखलाको तेस्रो टेस्ट भने खेल्न सकेका थिएनन् ।

पाँच टेस्ट श्रृङखलामा अस्ट्रेलिया र इग्ल्यान्डले एक एक टेस्ट जितेका छन् । एक टेस्ट बराबरी भएको छ ।