२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित

‘एमसीसी हाम्रो राष्ट्रियता माथि गरिएको अतिक्रमण हो’

‘एमसीसी हाम्रो राष्ट्रियता माथि गरिएको अतिक्रमण हो’
अ अ+ अ-

काठमाडौँ । हामी यो देशको स्वतन्त्रताको पक्षमा छौँ । यो देशको सार्वभौमसत्ताको रक्षा गर्ने पक्षमा छौँ । अनि देशको अग्रगति, प्रगति र समृद्धिको पक्षमा छौँ । मुलुकको राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने पक्षमा छौँ । तर हामी कुनै पनि देशसँग हाम्रो देशको स्वतन्त्रता र सार्वभौमसत्तामाथि आँच आउने किसिमका कुनै पनि प्रकारका सम्झौता गर्दैनौँ ।  

एमसीसी सम्झौता जुन छ यसबारेमा यो देशका राजनीतिक नेताहरु चाहन्छन् भने म आठ घण्टा प्रशिक्षण गर्न तयार छु । यसमा कति कमजोरीहरु छन् भन्ने बारेमा म उहाँहरुलाई आठ घण्टाको प्रशिक्षण गर्न चाहन्छु । त्यो प्रशिक्षणबाट भन्नुस् उहाँहरुले यो ठिक छ एक दम राम्रो छ भनेर प्रमाणित गर्नुहोस् । प्रमाणित गर्नुभयो भने म पनि मान्छु । तर प्रमाणित गर्ने आधार नै छैन । उदाहरणका लागि जुन यो अनुमोदन गर्ने कुरा उठिराखेको छ नि यो अनुमोदन गर्ने कुरा भनेको संंविधानको धारा २६७ को उपधारा २ खण्ड घ अनुरुप गरिनु पर्ने हो । किन भने यो प्राकृतिक स्रोत साधनसँग सम्बन्धित छ । त्यसो गर्ने हो भने संसद्को दुई तिहाइ बहुमतबाट अनुमोदन गर्नुपर्ने हुन्छ । तर अहिले सामान्य बहुमतबाट अनुमोदन गर्नुपर्ने किन ?

पहिलो कुरा यसलाई अनुमोदन नै गर्नुपर्ने किन ?

सरकारले अहिलेसम्म सारा दुनियाँसँग अनेकन सहमतिहरु गरेका छौँ । सम्झौता गरेका छौँ । नेपालको विकासका लागि ठूला ठूला अर्बौँ, खर्बौँका रकमहरु लिएका छौँ । ती कुनै पनि संसद्मा लानु परेन । तर यो चाँहि संसद्मा लानु पर्ने कारण किन ? ती कुराहरुका बारेमा म कारण जान्न चाहन्छु । कसले बताउँछ यो कारण ? यो ठिक छ भन्नेहरुलाई यसको दस्तावेजको विभिन्न बुँदामा रहेका विभिन्न प्रावधानहरु छन् ती प्रावधानहरु फेरि एक पटक पढेर ती प्रावधानहरुका बारेमा नेपाली जनतासामु व्याख्या गर्नुस् । अण्टसण्ट कुराहरु गरेर हुँदैन । कुनै व्यक्ति विशेषले हामीलाई चिठ्ठी पठाएर हुँदैन ।

तर यो सम्झौतामा के भनेको छ भने यो सम्झौता नेपालको संसद्बाट अनुमोदन भइसकेपछि अमेरिकाको प्रचलित कानून र पछि बन्ने कानूनलाई पनि मान्नु पर्नेछ भनेर सोझै उल्लेख गरेको छ । यस्तो खालको कुरा हुँदाहुँदै त्यसको अपव्याख्या गर्ने अण्टसण्ट व्याख्या गर्ने त्यसरी गरेर हुन्छ रु यस्ता थुप्रै प्रावधानहरु छन् । सन्  २०१७ मा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यसमा साइन गर्नुभयो । त्यतिबेला जुन सम्झौता गरिएको छ २०१९ फेरि कार्यान्वयन सम्झौता गरियो । यता अनुमोदन नै भएको छैन, अर्को कार्यान्वयन सम्झौता नै गरियो । किन गरियो ? कसरी गरियो ? कसको अधिकारले गरियो ? कसको निर्णयले गरियो ? यस्ता चिजहरु किन भइरहेका छन् ? सन् २०१७ मा ज्ञानेन्द्रबहादुर कार्की भएको बेला जुन सम्झौता गरियो पछि केपी ओलीको भएको बेलामा गरिएको सम्झौता अझै तल्लोस्तरको रहेको छ । व्यापक संसोधन गरिएको छ । त्यही सन् २०१७ को सम्झौतालाई पनि २०१९ को सम्झौताले काटेको छ । धेरै कुराहरु अझै प्रतिगामी बनाएको छ । किन त्यस्तो गरियो ? त्यो संसोधन गर्ने अख्तियारी कसलाई छ ? संसोधन किन गरियो ? के को उद्देश्यका लागि गरियो ? यो प्रश्न नेपाली जनताका सामू ती सम्झौताकर्ताहरुले दिनुपर्ने ह्न्छ । अहिले संसद्मा लैजाने हो भने पनि यी सारा प्रश्नहरुको जवाफ दिनुपर्ने हुन्छ । संसद् चल्यो भने अहिल्यै नै म सभामुखलाई भन्न चाहन्छु, मैले चार घण्टा यस बारेमा बोल्न पाउनुपर्छ ।  

यो दस्तावेजलाई परिमार्जन नगरी, परिष्कृत नगरी, नेपालको राष्ट्रिय हितमा हुने कुरो ग्यारेन्टी नगरिकन यो पारित हुँदैन । स्वयं अमेरिकाका नेताहरुले एकपछि अर्को भनेका छन् यो इण्डो प्यासिफक रणनीति अन्तरगतको हो भनेर । उनीहरुले भनेको कुरालाई उनीहरुले आत्मालोचना गरेर यो गलत भनिएछ यो आइपिएस अन्तरगतको अङ्ग होइन भनेर भन्न सक्छन् ?

यो पारित नहुँदा प्रधानमन्त्रीलाई कुनै पनि कोणबाट खतरा छैन । हामी सबैले समर्थन गरेका छौँ उँहालाई । उहाँ बहुमतमा हुनुहुन्छ । संसद्मा बुहमत रहँदासम्म प्रधानमन्त्री शेरबहादुर देउवालाई कुनै र कतैबाट खतरा छैन । उहाँलाई मनको बाघले खान्छ भने मलाई थाहा छैन तर वनको बाघले खाँदैन । त्यसैले अहिले हामी साझा आधारमा उभिएका छौँ, यसमा दृढतापूर्वक उभिएर देश समाज र लोकतन्त्रलाई संविधानको कार्यान्वयनलाई र संसद्लाई ठिक ढङ्गबाट राख्नका निमित्त प्रयोग गर्ने कुरालाई दृढतापूर्वक अघि बढाउनु पर्ने आवश्यकता छ । अहिले विवादका विषय अघि सारियो भने पाँच पार्टीको एकता छ त्यसलाई तोड्न चाहनेहरुलाई हित पुग्छ । त्यो तोड्न चाहनेहरुको हित सोच्न कसैले पनि जरुरी छैन । अहिले हतार हतारमा यी काम किन गर्नुपर्यो रु मुलुक निर्वाचनको मुखमा छ यस्तो बेलामा विवादास्पद विषयमा जानु हुँदैन ।पाँच दलको एकतालाई कायम राखेर जाने हो भने यो सबैको सहमति नभएको मुद्दा एमसीसीलाई थाँती राख्नुपर्छ । चुनावपछि कस्तो संसद् बन्छ, कस्तो सरकार बन्छ,  त्यसका काँधमा यो कुरा छाडिदिए हुन्छ । अहिलेको हकमा हामीले आत्तिनु पर्ने कुरा केही छैन । यो पास नभए पनि हाम्रो प्रधानमन्त्रीलाई कुनै असर पर्ने म देख्दिनँ ।

कुनै पनि शक्ति राष्ट्रको दवाबमा नेपाली जनता अघि बढ्न सक्दैनन् । दवाबका आधारमा जाने होइन । म देख्दै छु अमेरिकाका एकपछि अर्को नेताहरु नेपाल आइरहेका छन् र पास गर्नुस् भनेर दवाब दिइरहेका छन् । यो संसद्बाट पास हुने भो भनेर उनीहरुले भर्खरै एमसीसीको बैठक राखेर विज्ञप्ति निकाले । अमेरिकामा यी सब गतिबिधि म देख्दैछु । तर पनि कुनै पनि राष्ट्रले नेपालजस्तो विकासोन्मुख देशलाई दवाब दिएर विभिन्न ढङ्गले घेराबन्दी गरेर, अनेक खालका प्रयत्नहरु चलाएर, अभियानहरु चलाएर, दवाब दिएर पास गर्ने कुराहरु कसैले पनि नगरोस् । त्यो राम्रो कुरा होइन । यो हाम्रो राष्ट्रियतामाथि गरिएको अतिक्रमण हो । अहिले पास हुने कुरा नै होइन यो । अहिले पास हुनै सक्दैन । देशको हित भनेको हामीले हाम्रो स्वतन्त्रता र सार्वभौमसत्ता अरुको पैतालामा चढाइदिने ? अनि हाम्रो हित हुन्छ रु हामीलाई चाहिएका प्रसारण लाइन र बाटो मात्र हो रु कि देशको स्वतन्त्रता पनि हो ? देशको स्वतन्त्रता र सार्वभौमसत्ताभन्दा ठूलो कुरा अरु केही हुन्छ ? केही पनि हुँदैन । एनसेलसँग १८ अर्ब रुपियाँ उठाउन बाँकी छ, त्यो किन उठाउन सक्दैन ? किन खर्बको भ्रष्ट्राचार भइरहेको छ ? भइरहेको भ्रष्ट्राचारलाई २ प्रतिशत वा ३ प्रतिशत घटाउनुस् त कति खर्ब निस्किन्छ ? अर्ब होइन खर्बका स्रोत छ हामीसँग । त्यो स्रोत प्रयोग गरेर किन बनाउन नसक्ने ? त्यसका लागि हामीले भिक्षा माग्नुपर्छ? हामीले शिर निहुर्याउनु पर्छ ? राष्ट्रको अस्मिता तलमाथि पार्नुपर्छ ? त्यसो गर्नु हुँदैन । अहिलेको अवस्थामा पाँच दलबीच नै एकता छैन । पाँच दलबीचमा सर्वसहमति निर्माण गर्नुपर्छ र त्यस आधारमा अघि बढ्नुपर्छ । विवादमा विषयमा अघि बढ्नेबित्तिकै हाम्रो एकतामा आँच आउँछ ।
(नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग गरिएको कुराकानीमा आधाति)