७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै

चिनियाँ विदेशमन्त्री वाङ आज नेपाल आउँदै
अ+ अ-

काठमाडौं। तीन दिने नेपाल भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी आज काठमाडौं आउँदै हुनुहुन्छ। चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको तयारी र द्विपक्षीय चासोका विभिन्न विषयमा छलफल गर्न उहाँको भ्रमण केन्द्रित हुँदै छ।

सीको काठमाडौं आगमनको औपचारिक मिति तय गर्न र भ्रमणको तयारीलाई तीव्रता दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको औपचारिक निमन्त्रणामा चिनियाँ राज्यपरिषद्का सदस्यसमेत रहनुभएका वाङ तीन दिन काठमाडौंमा रहनुहुनेछ।

राजनीतिक संक्रमणकाल टुङ्ग्याएर आर्थिक विकासको बाटो तय गरिरहेका बेला नेपालले चीनका तर्फबाट उच्चस्तरको भ्रमणको अपेक्षा गरेको र वाङको भ्रमणले उच्चस्तरीय भ्रमणको वातावरण बनाउन सघाउ पुग्ने मन्त्री ज्ञवालीको विश्वास थियो।

सीको नेपाल भ्रमण उपर्युक्त समयमा हुने चीनले जवाफ पठाए पनि त्यसको औपचारिक मिति भने अझै तय नभएको तर वाङको अहिलेको भ्रमणले यसबारेमा वातावरण बनाउन सक्ने ज्ञवालीको भनाइ छ।

‘हामीले लामो समयदेखि चिनियाँ उच्च राजनीतिक नेतृत्वबाट भ्रमणको प्रतीक्षा गरेका छौं, चीनजस्तो घनिष्ठ मित्र र त्यहाँको उच्च राजनीतिक नेतृत्वको आगमन हाम्रा लागि उत्साहको विषय हुनेछ।’ –उहाँले शनिबार नेपाल समाचारपत्रसँग भन्नुभयो।

चिनियाँ राष्ट्रपति सी आगामी असोज अन्तिम साता भारतको तमिलनाडुस्थित ममल्लापुर भ्रमणमा जाने र यही क्रममा काठमाडौंसमेत आउने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

वाङ भ्रमण वर्तमान सरकार गठन भएपछि चीनका तर्फबाट हुने पहिलो उच्चस्तरीय औपचारिक भ्रमण हो। पाकिस्तानको इस्लामावादमा आयोजना हुने चीन, पाकिस्तान, अफगानिस्तान आबद्ध त्रिपक्षीय बैठकमा सहभागी भएपश्चात् वाङ काठमाडौं आउने बताइएको छ।

चिनियाँ राष्ट्रपति सीको अघिल्लो कार्यकालमा पनि विदेशमन्त्री रहनुभएका वाङ यसअघि सन् २०१४मा नेपाल भ्रमणमा आउनुभएको थियो। यसपटकको उहाँको भ्रमणका क्रममा दुवै मुलुकका परराष्ट्रमन्त्रीले नेतृत्व गर्ने औपचारिक वार्ता भोलि सोमबार हुनेछ।

हिमालय सिमापार रेल सेवा, चीनको विकाससँग नेपाललाई जोड्न सकिने विकल्प र त्यसबाट नेपालले बढीभन्दा बढी लाभ लिन सक्ने सम्भावनासहित द्विपक्षीय हित र अन्तर्राष्ट्रिय चासोका बारेमा छलफल हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘नेपालको महत्वपूर्ण आर्थिक र विकास साझेदारसँगको सम्बन्धलाई कसरी अघि बढाउन सकिन्छ भनेर छलफल केन्द्रित हुनेछ। विगतमा हामीले धेरै महत्वपूर्ण विषयमा सहमति गरेका छौं। ती सहमति कार्यान्वयन गर्ने बारेमा छलफल हुनेछ।’

चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स् (बीआरआई)मा पारवहन सम्झौता, चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन विभिन्न परियोजनाबारेमा बैठकमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाखमा गर्नुभएको चीन भ्रमणका क्रममा दुवै मुलुकबीच पारवहन प्रोटोकलमा हस्ताक्षर भइसकेको छ। बेल्ट एन्ड रोड इनिसिएटिभ्स् ९बीआरआई० सम्मेलनमा सहभागी हुन भण्डारी चीन पुग्नुभएका बेला चिनियाँ समकक्षी सीको उपस्थितिमा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो।

सो सम्झौताअनुसार नेपालले चीन हुँदै समुद्री मार्गसम्मको पहुँच र सो मुलुकका समुद्री र सुख्खा बन्दरगाह प्रयोग गर्न पाउने छ। पारवहनका लागि चीनसँग जोडिएका केरुङ, कोदारी, किमाथांका, नेचुङ, यारी र ओलाङचुङगोला प्रयोग गर्न सक्ने सहमति भए पनि उत्तरी नाका जोड्ने सडक सञ्जाल व्यवस्थित भइसकेको छैन।

भूकम्पपश्चात् लामो समय अवरुद्ध रहेको तातोपानी–कोदारीमार्ग चिनियाँ सहयोगमा सुचारु भए पनि अझै पूर्णरूपमा सञ्चालनमा आउनसकेको छैन। बीआरआईमा नेपालले दुई वर्षअघि हस्ताक्षर गरिसकेको छ। रेल, सडक उर्जा, कनेक्टीभिटीजस्ता विभिन्न नौ परियोजनामा चिनियाँ सहयोग रहने भनिए पनि हस्ताक्षर भइसकेको दुई वर्षको अवधिमा नेपालका तर्फबाट स्पष्ट अवधारणा दिन नसकेको भनेर कूटनीतिक वृत्तमा आलोचना हुँदै आएको छ।

उत्तरी नाका जोड्ने सडक सञ्जाल व्यवस्थित गर्न नेपालले चिनियाँ सहयोग अपेक्षा गरिरहेको अवस्थामा वाङको यो भ्रमणमा यसबारेमा पनि छलफल हुने परराष्ट्रका अधिकारी बताउँछन्।

भ्रमणका क्रममा वाङले मन्त्री ज्ञवालीसहित राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेतासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका तय गरिएको छ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।