७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा News Polar प्रतिनिधि सभा बैठकमा सांसदहरूको न्यून उपस्थिति-फोटो फिचर News Polar राप्रपाको प्रदेश अधिवेशन असोज २१ गते, सातै प्रदेशमा निर्वाचन प्रतिनिधि तोकिए News Polar एम्बुलेन्सबाट साढे चार क्विन्टल गाँजा बरामद News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद

त्रिविको चरम लापरबाही : परीक्षा एउटा विषयको प्रश्नपत्र अर्कैको

त्रिविको चरम लापरबाही : परीक्षा एउटा विषयको प्रश्नपत्र अर्कैको
अ+ अ-

काठमाडौं । गत वर्ष परीक्षाअघि नै दुई विषयको प्रश्नपत्र सार्वजनिक भएपछि आलोचित बनेको त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको डिन कार्यालयले यसपटक गलत प्रश्न सोधेको छ । शुक्रबार भएको एमएड प्रथम सेमेस्टरको एडभान्स एजुकेसन साइकोलोजी ९एड ५१३० विषयको परीक्षामा फाउन्डेसन अफ एजुकेसनको प्रश्न सोधेको हो ।

यिनै प्रश्न सोधिएको फाउन्डेसन अफ एजुकेसनको परीक्षा यसअघि नै सम्पन्न भइसकेको छ । शुक्रबारको परीक्षाका लागि प्रश्नपत्रमा उल्लेख विषय र कोड सही भए पनि प्रश्न अर्कै विषयका देखेपछि देशभरका ७४ परीक्षाकेन्द्रमा परीक्षा दिन गएका विद्यार्थीले विरोध गरेका थिए । विद्यार्थीको विरोधपछि कमजोरी थाहा पाएको डिन कार्यालयले तत्काल इमलेमार्फत पुनः अर्को प्रश्न पठाएर कतिपय केन्द्रमा परीक्षा सञ्चालन गर्न लगाएको थियो । तर, केही केन्द्रमा भने परीक्षा रद्द नै भएको छ । फरक विषयको प्रश्न बनाएर पहिलो कमजोरी गरेको डिन कार्यालयले गल्ती ढाक्ने नाममा तत्काल नयाँ प्रश्न पठाएर केही केन्द्रमा परीक्षा गराउँदा झन् समस्या निम्तिएको छ । कतिपय केन्द्रमा परीक्षा रद्द भएकाले सबै ६ हजार विद्यार्थीको परीक्षा के हुने अन्योल छ ।

शिक्षाशास्त्र संकायका परीक्षा हेर्ने सहायक डिन बलराम रायले विषयगत प्रश्नमा त्रुटि भएको स्वीकार गरे । तर, वस्तुगत विषयमा समस्या नभएको उनको भनाइ छ । तालिमप्राप्त अनुभवी कर्मचारीको अभाव रहेको र धेरै दबाबमा परीक्षाको काम गर्दा पनि त्रुटि हुने गरेको उनको दाबी छ । डिन कार्यालयले अध्ययन समितिसमेत बनाइसकेको छ । त्रिविको स्नातकोत्तर तह र सेमेस्टर प्रणालीमा सञ्चालन भएका कार्यक्रम डिन कार्यालयले सञ्चालन गर्दै आएको छ ।

अघिल्लो वर्ष भदौमा भएको स्नातकोत्तर तहको परीक्षामा तीन दिनमा दुई विषयको प्रश्नपत्र बाहिरिएका थिए । पहिलो सेमेस्टरको साइकोलोजी र फाउन्डेसन अफ एजुकेसनको प्रश्नपत्र बाहिरिएको थियो । प्रश्नपत्र तयार पार्ने र त्यसको मोडरेसन गर्ने विषय समितिको अध्यक्षबाटै प्रश्नपत्र बाहिरिएको खुलेको थियो । साइकोलोजीको प्रश्नपत्र प्रा। होमनाथ भट्टराईले तयार गरेका थिए, फाउन्डेसन अफ एजुकेसनको प्रश्नपत्र पनि उनकै पुस्तकमा प्रकाशित प्रश्नपत्रको हुबहु थियो । त्रिविको शिक्षाशास्त्र संकायले सञ्चालन गर्ने परीक्षामा लापरबाही हुँदासमेत कडा कारबाही नहुनुले विकृति मौलाउँदै गएको प्राध्यापकहरूको गुनासो छ ।

प्रिन्टिङमा गल्ती भयो स् बलराम राय सहायक डिन, शिक्षाशास्त्र संकाय, त्रिवि
एड्भान्स एजुकेसन साइकोलोजीको विषयको विषयगत प्रश्नमा समस्या भयो । प्रिन्टिङमा गल्ती भएको हो । नयाँ डिजिटल मेसिन प्रयोगमा ज्ञान भएकाले पनि गल्ती भयो । तर, हामीले तत्कालै सच्याएर आधा घन्टामै अर्को प्रश्नपत्र परीक्षाकेन्द्रमा पठायौँ । ७४ परीक्षाकेन्द्रमध्ये एउटामा मात्र परीक्षा नभएको हामीलाई जानकारी आएको छ । कीर्तिपुरमा बाहिरबाट गएका विद्यार्थीको अवरोधका कारण परीक्षा हुन सकेन । परीक्षा दिइरहेकाहरूलाई पनि तानेर बाहिर निकालेको भन्ने छ । त्यहाँ सात सय परीक्षार्थी रहेको सूचना आएको छ । तालिकाअनुुसारको परीक्षा सकिएपछि अर्को व्यवस्था गरेर ती विद्यार्थीको परीक्षा लिने आश्वासन दिएका छौँ । त्यसका लागि अध्ययन समिति पनि गठन भएको छ । समितिले रिपोर्ट दिएपछि बोर्डले निर्णय गर्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।