८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग

साहुकार परदेशीको घरमा प्रहरीको छापा : एउटै व्यक्तिलाई ७० लाखको तमसुक

साहुकार परदेशीको घरमा प्रहरीको छापा : एउटै व्यक्तिलाई ७० लाखको तमसुक
अ+ अ-

काठमाडौं । साहुकार श्याम परदेशी भनेर चिनिने श्यामकृष्ण साह कलवारको घरमा प्रहरीले छापा मारेको छ । प्रहरीले बिहीबार छापा मार्दा एउटै व्यक्तिलाई ७० लाखसम्मको किर्ते तमसुक बनाएको फेला परेको हो । २९९ जना गरिब विपन्न परिवारलाई किर्ते तमसुक बनाई मुद्दा लगाएका परदेशीले विष्णु गाउँपालिकास्थित वाराडरण गाउँका रोवसनकुमार सिंहको नाममा तमसुक गरी बनाइराखेको प्रहरीले फेला पारेको हो ।

‘हामीले बिहीबार दिउँसो परदेशीको घरमा छापा मारेका थियौँ,’ सर्लाही जिल्ला प्रहरी प्रमुख गोपालचन्द्र भट्टराईले भने, ‘रोवसनकुमार सिंहको नाममा ७० लाखको किर्ते तमसुक गरेको थियो ।’ तमसुकमा सबै व्यहोरा लेखिए पनि ऋणीलाई भने सहीछाप नगराई राखिरहेको अवस्थामा फेला पारेको उनको भनाइ छ । ‘यो तमसुकले परदेशीले एउटै व्यक्तिलाई किर्ते तमसुक बनाएर निकै दुःख दिएको पुष्टि हुन्छ,’ भट्टराईले भने, ‘यो तमसुकलाई पनि प्रमाणका रूपमा अदालतमा पेस गरी मुद्दा हाल्ने छौँ ।’ परदेशीलाई अदालतमा म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीले छापा मार्ने क्रममा १० वर्षभन्दा पुराना तमसुक कागजपत्र पनि फेला पारेको छ । अहिले गरिब विपन्न परिवारलाई कति ऋण लिएको तमसुक परदेशीले बनाएका थिए भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । परदेशीलाई ठगी मुद्दासँगै सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी गरिएको छ । ठगिएका ऋणी एक–एक गरी जिल्ला प्रहरी कार्यालय मलंगवा पुगेर उजुरी दिइरहेको प्रहरीले जनाएको छ ।

परदेशीको सबै सम्पत्ति रोक्का
गत १५ भदौमा पक्राउ परेपछि परदेशीका सबै सम्पत्ति रोक्का गरिएको प्रहरी प्रमुख भट्टराईले बताए । ‘हामीलाई कुनै अभियुक्तको सम्पत्ति छानबिन गर्ने अधिकार हुँदैन,’ उनले भने, ‘सम्पत्ति शुद्धीकरण विभागको पत्र प्राप्त भएपछि सबै सम्पत्ति रोक्का गरेका छौँ ।’ सम्पत्ति रोक्काका लागि नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, सहकारी विभाग, मालमोत कार्यालय सर्लाहीलगायत कार्यालयमा पत्र पठाइसकिएको उनले जानकारी दिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।