८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग

हिन्दु राष्ट्रको मुद्दा पार्टीले लिनुपर्ने भन्दै प्रशिक्षणमा होहल्ला

हिन्दु राष्ट्रको मुद्दा पार्टीले लिनुपर्ने भन्दै प्रशिक्षणमा होहल्ला
अ+ अ-

काठमाडौँ । कांग्रेसले महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा समेत हिन्दु राष्ट्रको मुद्दा उठेको छ । पार्टीको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार र शनिबार भक्तपुरमा आयोजना गरेको प्रशिक्षणमा सहभागी प्रतिनिधिहरुले हिन्दु राष्ट्रको मुद्दा पार्टीले उठाउन दबाव दिएपछि प्रतिष्ठानका संयोजक समेत रहेका उपसभापति विमलेन्द्र निधिले प्रतिवाद गरेका थिए ।

उनले हिन्दु राष्ट्रको पक्षमा लागेर संविधानलाई असफल बनाउने बाटोमा जान नहुने भन्दै प्रतिवाद गर्नथालेपछि हिन्दु राष्ट्रको पक्षमा रहेका केही सहभागीहरुले हल्ला गरेका थिए । हल्लाले करिब १५ मिनेट प्रशिक्षण कार्यक्रम नै प्रभावित बनेको थियो ।
उनीहरुले विदेशीहरुको आर्थिक र राजनीतिक चलखेलका आधारमा संविधानमा धर्म निरपेक्षता राखिएको बताउँदै पार्टीले त्यसको विरोध गर्नुपर्ने बताएका थिए ।

काठमाडौका कोषाध्यक्ष समेत रहेका सहभागी गोविन्द पुडासैनीका अनुसार करिब एक दर्जन सहभागीहरुले हिन्दु राष्ट्रको मुद्दा उठाएका थिए ।

प्रदेश सांसद नरोत्तम बैद्य, लोकश ढकाल, कृष्ण अमात्यसहितका सहभागिहरुको अगुवाईमा हिन्दु राष्ट्रको मुद्दालाई उठाइएको थियो । प्रशिक्षणमा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपालाञ्चोक, सिन्धुपालञ्चोक, दोलखा र रामेछापका गरी ३ सय १४ जनाको सहभागिता थियो । हिन्दु धर्मको पक्षधरले यो मुद्दा पार्टीले लिने हो भने कांग्रेसले सहजै बहुमत आउने दावी गरेका थिए ।

तर, उपसभापति निधिले त्यसको प्रतिवाद गर्दै हिन्दु राष्ट्रको मुद्दा लिँदैमा बहुमत आउने भए कमल थापा नेतृत्वको पार्टीको किन जमानत जफत भयो त भन्ने प्रश्न गरेका थिए । के हिन्दु कांग्रेस भनेर मत माग्न जाने रु निधिको प्रश्न थियो, ‘हिन्दु भनेर सबैले मत दिने भए त्यहीँ एजेण्डा लिएर चुनाव लडेको कमल थापा नेतृत्वको पार्टीको के हालत भयो रु’

उनले पार्टीले सबै धर्मको सम्मान गर्नुपर्ने भन्दै हिन्दु राष्ट्र बनाउने एजेण्डा कांग्रेसले लिन नसक्ने जवाफ दिएका थिए ।
प्रतिष्ठानले सातै प्रदेशमा प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । जस अन्तर्गत प्रदेश ३ का ७ जिल्लाको भक्तपुरमा र बाँकी ६ जिल्लाको हेटौडामा गर्दैछ ।

प्रशिक्षण कार्यक्रममा निधिले पार्टीको संगठन र संरचनाका बारेमा प्रशिक्षण दिएका थिए । आरजु देउवा राणा, हरिहर विरही, पुरुषोत्तम दाहाल, गोविन्द पोखरेललगायतले प्रशिक्षण दिएका थिए । आरजु देउवाले चुनाव कसरी जित्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण दिएकी थिइन् । प्रतिष्ठानले उनलाई सात प्रदेशमै प्रशिक्षक बनाएको छ ।

गएको संसदीय निर्वाचनमा कैलाली—५ बाट पराजित राणाले प्रशिक्षणमा आफू पराजितका कारणबारे जानकारी गराएकी थिइन् । दुई दिनसम्म चलेको प्रशिक्षणमा कांग्रेसलाई बलियो बनाउन पार्टीको संगठन चलायमान हुन नसकेका गुनासो पनि सहभागिहरुले उठाएका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।