८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग

भाइरल ज्वरोले गाउँ नै थला, गाउँमा सिटामोल समेत छैन्

भाइरल ज्वरोले गाउँ नै थला, गाउँमा सिटामोल समेत छैन्
अ+ अ-

सुर्खेत । भाइरल ज्वरो र रुघाखोकीले सुर्खेतमा एउटा गाउँ नै थला परेको छ। जिल्लाको बराहताल गाउँपालिकाको चेपाङ गाउँ थला परेको हो। करिब ४ सय घरधुरी रहेको यो गाउँमा दुई सातादेखि भाइरल ज्यरोको संक्रमण फैलिएको छ। उपचार र औषधि नहुँदा अहिले गाउँका अधिकांश बासिन्दा थलिएका छन्। अधिकांश गाउँले बिरामी भएपछि उनीहरूलाई उपचारका लागि बड्डिचौर र वीरेन्द्रनगर ल्याउन थालिएको छ।

गाउँमा सिटामोलसमेत नहुँदा बिरामी बोकेर उपचारका लागि ल्याउनुपर्ने बाध्यता छ। वराहताल वडा नम्बर ५ स्थित सामुदायिक स्वास्थ्य एकाइमा सिटामोलसमेत नभएको स्थानीयले बताएका छन्। भाइरलले थला परेका बिरामी छिटो सन्चो हुने आसमा दुई घण्टाको बाटो हिँडेर बड्डिचौर र वीरेन्द्रनगर आउने गरेका छन्। ‘भाइरल ज्वरो र रुखाखोकीले गाउँ नै थला परेको छ’, स्थानीय युवराज वलीले भने, ‘गाउँमा उपचार सम्भव नभएपछि बिरामीलाई वीरेन्द्रनगर लैजाने गरिएको छ।’

गाँउमा यातायातको पहुँच नभएकाले स्ट्रेचरमा बोकेर बिरामी ल्याउनुपर्दा झनै समस्या भएको उनको भनाइ छ। ‘स्वास्थ्य चौकीमा बिरामीको भीड नै लाग्ने गरेको छ,’ उनले थपे, ‘गाउँमा एम्बुलेन्स जाने बाटो नै छैन, स्टे«चरमा बोकेर बिरामीलाई बड्डिचौरसम्म ल्याउनुपर्छ।’ सामुदायिक स्वास्थ्य एकाइमा जाँदा सिटामोल पनि नपाइने गरेको उनको गुनासो छ।

दुई सातादेखि उपचारका लागि बिरामीको भीड लागेको सामुदायिक स्वास्थ्य एकाइ प्रमुख भुवन पौडेलले जानकारी दिए। ‘उपचारका लागि दैनिक १५र१६ जना बिरामी आइरहेका छन्,’ पौडेलले भने, ‘यो भाइरलको सिजन नै हो, बिरामीहरू दिन प्रतिदिन बढिरहेका छन्।’ विशेषगरी बालबालिका र वृद्धवृद्धा भाइरल ज्वरोबाट थला परेका छन्। जथाभाबी पोलेको मकै र बेलौती खाँदा पनि विद्यार्थीलाई चाँडो भाइरल संक्रमण हुने गरेको उनको भनाइ छ। बिरामी परेको लामो समयसम्म पनि उपचार नगराउने र अन्तिम अवस्थामा मात्र वीरेन्द्रनगर जाने गरेको उनी बताउँछन्।

यातायातको पहुँच नभएकाले स्ट्रेचरमा बोकेर बिरामी ल्याउनुपर्दा झनै समस्या भएको छ।

स्थानीय मेडिकल सञ्चालक नारायण खनालले पनि दुई सातादेखि चेपाङ गाउँमा भाइरलको संक्रमण देखिएको बताए। ‘गाउँमा भाइरलको संक्रमण फैलिएको छ,’ उनले भने, ‘यातायात नहुँदा बिरामीलाई औषधि पुर्याउन समस्या भएको छ।’ गाउँमा मोटरबाटो नभएको र औषधि अभावले बिरामीको प्राथमिक उपचारमात्र हुने गरेको उनले बताए। बराहताल गाउँपालिका ५ का वडाध्यक्ष तिलक मर्साङलीले विशेषगरी तल्लो चेपाङ गाउँमा भाइरलका बिरामी बढेको बताए। ‘गाउँका बालबालिकामा भाइरलको संक्रमण देखिएको छ,’ मर्साङीले भने, ‘उपचारमा कुनै कमी हुन नदिन सामुदायिक स्वास्थ्य एकाइलाई निर्देशन दिएको छु।’

गाउँसम्म मोटरबाटो नहुँदा बिरामीलाई स्ट्रेचरमै बोकेर अस्पतालसम्म ल्याउनुपर्ने बाध्यताले सकस भएको हो। गाउँमा औषधि पुर्याउन मुस्किल परेको स्थानीय मेडिकल सञ्चालक नारायण खनाल बताउँछन्। जिल्ला स्वास्थ्य कार्यालय सुर्खेतका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतनिधि वाग्लेले बिरामी बढ्दैमा डराउनुपर्ने अवस्था नरहेको बताए। जिल्ला स्वास्थ्य कार्यालयसँग औषधि र जनशक्ति पर्याप्त रहेकाले समस्या चाँडै नियन्त्रणमा आउने उनको भनाइ छ।, समाचार अन्नपुर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।