१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्बानियामाथि फ्रान्सको ४-१ को विजय



अ+ अ-

काठमाडौं । युरोकप-२०२० छनौट अन्तरगत गएराती सम्पन्न खेलमा फ्रान्सले अल्बानियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ। शनिबार भएको समूह ‘एच’को खेलमा फ्रान्सले अल्बानियालाई पराजित गरेको थियो ।

खेलको ८ औं मिनेटमा कोमानको गोलले अग्रता कायम गरेको फ्रान्सका लागि दोश्रो गोल भने खेलको २७ औं मिनेटमा ओलिभर जिरूउडले गरे।

त्यसपछि खेलको ६८ औं मिनेटमा कोमानले टोलीका लागि तेश्रो गोल गरे भने जोनाथन इकोनेले ८५ औं मिनेटमा चौथो गोल गरे।

यस्तै ९० औं मिनेटमा अल्बानियाले पेनाल्टीमार्फत एक गोल फर्कायो। सो गोल सोकोल सिकालेसीले गरेका थिए।