७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

सञ्चालनमा बाढी तगारो

सञ्चालनमा बाढी तगारो
अ+ अ-

धनुषा । निर्माणाधीन जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको तयारीमा बाढी तगारो बनेको छ। गत असारको अन्तिम साता आएको बाढीले रेल लिक क्षतिग्रस्त बनाएको र अहिलेसम्म मर्मतसम्भार नभएका कारण तत्काल सञ्चालनमा समस्या भएको हो।

पछिल्लो समय सरकारले उच्च प्राथमिकता दिएर जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर लिक बिछ्याउने काम सकेको थियो। रेलवे विभाग जनकपुर कार्यालयका साइट इन्जिनियर विनोद ओझाले बाढीले लिकमा क्षति पुर्याएका कारण तत्काल सेवा सञ्चालन नहुने जानकारी दिए।

रेल चलाउन विभागले ८५ करोड रुपैयाँमा दुई आधुनिक रेल खरिद गर्दैछ। भारतको कोणर्कोन रेल्वे कर्पोरेसनसँग सम्झौता गरी आगामी कात्तिकबाट रेल चलाउने लक्ष्य सरकारको छ।

आगामी तीन महिनाभित्र रेल नेपाल आइपुग्ने इन्जिनियर ओझाले बताए। जयनगर–जनकपुर ब्रोडगेज निर्माणका लागि सन् २०१४ देखि रेल सेवा बन्द छ। ‘जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटर रेलमार्ग बाढीले क्षतिग्रस्त भएपछि रेल गुड्ने योजना तत्कालका लागि रोकिएको छ,’ इन्जिनियर ओझाले भने, ‘रेल सेवा सञ्चालनअघि जोखिम आँकलन र तीनको व्यवस्थापन अत्यावश्यक छ। असारमा आएको बाढीले क्षतिग्रस्त लिक व्यवस्थापन र निर्माण भइरहेको छ।’ इन्जिनियर ओझाका अुनसार पूर्वी धनुषाको जनकनन्दनी गाउँपालिका–१, इनर्वामा कमला नदीको तटबन्ध फुटेर आएको भेलले सय मिटरजति रेल्वे ट्र्याक तहसनहस पारेको छ।

पहिलो चरणमा भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किलोमिटर, दोस्रो चरणमा धनुषाको कुर्थादेखि महोत्तरीको भंगहासम्म १८ किलोमिटर र तेस्रो चरणमा भंगहादेखि बर्दिबाससम्म १७ किलोमिटर गरी जम्मा ६९ किलोमिटर रेल्वे पूर्वाधार निर्माण भइरहेको छ।

रेलले व्यापारीमा ल्याएन उत्साह
कुनै बेला जनकपुर व्यापारिक केन्द्रको रुपमा परिचित थियो। त्यतिबेला जनकपुरलाई व्यापारिक केन्द्र बनाएको थियो त्यही रेल सेवाले। पछिल्लो समय जनकपुर सहरको सडक विस्तार र दोस्रो मधेस आन्दोलनले यहाँको व्यापार निकै प्रभावित छ। जनकपुरका व्यापारी विस्तारै निराश हुँदै गएका छन्। रेल सेवा बन्द भएपछि अहिले जटही सीमा हुँदै यात्रुले बसमार्फत दोब्बर दूरी यात्रा गर्नुपर्ने बाध्यता छ। व्यापारको पनि उस्तै गति छ। जनकपुर–जयनगर रेल सेवा सञ्चलन हुँदाको बखत स्थानीय उद्योगी, व्यवसायीको दबदबा थियो, जनकपुरमा। तर, रेलसेवा भन्द भएपछि जनकपुर क्षेत्रको व्यापार व्यवसायमा निकै ठूलो प्रभाव परेको देखिन्छ।

पछिल्लो मधेस आन्दोलन र एकीकृत सहरी विकास परियोजनाद्वारा सडक निर्माणका क्रममा लथालिंग पारेर भत्काएपछि यस क्षेत्रको व्यापार नै चौपट भएको छ। व्यापार, व्यवसाय खस्किँदै गएपछि ऋण र ब्याजको दबाब थेग्न नसकेर केही विस्थापित भए भने केही भारत पलायन भएका छन्। पछिल्लोपटक सुरु गरिएको सडक निर्माणमा ढिलाइ हुँदा स्थानीय व्यापारी ठूलो मारमा परेका छन्। आगामी कात्तिकदेखि सुरु हुने भनिएको रेल सेवाले पनि व्यवसायीमा उत्साह ल्याउन सकेको छैन। रेल सेवा सञ्चालन हुँदा व्यवसाय झन् चौपट हुने डर व्यवसायीमा देखिएको छ।

‘भारतमा यहाँको भन्दा सामान धेरै सस्तो हुन्छ। रेल आएपछि सर्वसाधारण रेल चढेर भारतबाटै सामान ल्याउँछन्,’ व्यापारी कृष्णा साहले भने, ‘यहाँको व्यापार फस्टाउने सम्भावना छैन।’ सीमामा प्रहरीले सर्वसाधारणलाई घरायसी प्रयोजनका लागि सरसामान ल्याउन छुट दिएकाले पनि उनीहरूले भारतबाटै सामान ल्याउने उनको आशंका छ।

रेल सेवा आएपछि होटल र पर्यटन व्यवसाय मात्र फस्टाउने व्यवसायी चन्द्रमोहन झा बताउँछन्। ‘कस्टम ड्युटी, ढुवानी स्टाफ खर्च, घरधनीको मनपर्दी भाडालगायतले जनकपुरमा सामान धेरै महँगो पर्न जान्छ,’ उनले भने, ‘रेल चढेर आधा घन्टामै भारतीय बजार पुगिन्छ, सर्वसाधारणले किन यहाँ महँगो सामान किन्लान् रु’ तर, ठूला व्यवसायी भने रेल सञ्चालनपछि बजार विस्तार हुने आसमा छन्। ‘रेलमार्ग सञ्चालनमा आएपछि ढुवानीका लागि यातायातको सुगम सुविधा हुन्छ,’ उनले भने, ‘भारतका विभिन्न ठाउँबाट मालसामान ल्याउन सहज हुन्छ। महिनौंदेखि ठप्प भएको व्यापार फस्टाउँछ।’

जनकपुर उद्योग वाणिज्य संघले पनि रेल सञ्चालनपछि व्यापार, व्यवसाय फस्टाउने दाबी गरेको छ। संघका अध्यक्ष ललित साहले रेल सञ्चालनपछि जनकपुरको व्यवसाय ठप्प हुने केही व्यापारीको भ्रममात्र रहेको बताए। जयनगर–जनकपुर रेलसेवा सञ्चालनपछि पछिल्लो मधेस आन्दोलनको ६ महिना बन्द र सडक निर्माणमा भएको ढिलाइले उद्योगी व्यवसायीले विगतमा बेहोरेको घाटा पूर्ति हुने उनले बताए।

प्राध्यापक तथा अर्थशास्त्री बरुणलाल कर्ण रेल सेवा सञ्चालनमा आएपछि यहाँको व्यापार व्यवसाय फस्टाउने र जनकपुरको विकास हुने दुईवटा आधार रहेको बताउँछन्। ‘पर्यटन उद्योगको विकास हुन्छ र व्यापार फस्टाउँछ, व्यवसाय फस्टाएपछि रोजगारीका अवसरसमेत सिर्जना हुन्छन्,’ उनले भने, ‘जनकपुरमा धार्मिक तथा ऐतिहासिक सम्पदा भएकाले भारतबाट ठूलो संख्यामा पर्यटक आउने र पर्यटन उद्योगले राजस्व संंकलनमा ठूलो योगदान पुर्याउँछ।’, समाचार नागरिक दैनिकमा प्रकाशित छ ।