२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीको ढाडस र प्रतिक्रिया: चन्द्रयान–२ मिशनबाट भारतको ठूलो जित भएको छ



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशका अन्तरिक्ष वैज्ञानिकहरूलाई सम्बोधन गर्दै चन्द्रयान–२ कार्यक्रमबाट आफू गौरवान्वित भएको बताएका छन्। चन्द्रमा छुने यात्रा अधुरो रहेपनि चन्द्रयान–२ मिशन भारतको ठूलो जित भएको उनले बताएका हुन् ।

चन्द्रयान–२ को विक्रम ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुव छुनका लागि केही क्षण बाँकी रहँदा उक्त यानसँग भारतीय अन्तरिक्ष केन्द्र इसरोको सम्पर्क विच्छेद भएको थियो।विक्रम ल्यान्डरबाट निराशा प्राप्त भएपनि चन्द्रयान–२ को अर्बिटर चन्द्रमाको कक्षमा आफ्नो काम गरिरहेको छ।

अन्तरिक्ष यानलाई के भयो भन्नेबारे प्रष्ट भइसकेको छैन तर प्रधानमन्त्री मोदीले त्यस्ता अरु पनि अवसर आउने बताए।यदि अवतरण गर्न पाएको भए भारत चन्द्रमामा पुग्ने चौथो मुलुक बन्ने थियो।

मोदीले वैज्ञानिकहरूलाई भने–’हाम्रो अन्तरिक्ष कार्यक्रममा अझ राम्रो क्षण आउन बाँकी छ। भारत तपाईँका साथमा छ।’ यसअघि भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो)ले चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्‍याउने चन्द्रयान–२ मिशनको एउटा यान विक्रम ल्यान्डर योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला सम्पर्क विच्छेद हुन पुगेको बताएको थियो।

चन्द्रयान–२ बाट चन्द्रमा पानीको खोजी भारतको मुख्य लक्ष्य थियो । त्यो काम अर्बिटरले गरिरहेको र भविष्यमा त्यसबाट तथ्याङ्कहरू प्राप्त हुने बताइएको छ।यो वैज्ञानिक मिशन पूरा गर्न ११ वर्ष लागेको थियो। इसरोले कहाँ कमजोरी भयो भन्ने पत्ता लगाउन कोशिश गर्नेछ र आगामी कदमबारे निर्णय लिनेछ।इसरोको अर्को ठूलो मिशन गगनयान हुनेछ जसमा अन्तरिक्षयात्री पनि पठाउने योजना छ।