५ पुष २०८२, शनिबार
,
Latest
मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु युक्रेनबारे अमेरिकाको मियामीमा हुने वार्तामा रुस सहभागी हुने यौनजन्य दुर्व्यवहार रोक्न ‘आचारसंहिता’ बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पवन र सन्दीपको उत्कृष्ट ब्याटिङ, नेपालले बंगलादेशलाई दियो २६२ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एसिसी यु–१९ एसिया कपमा नेपालले बंगलादेशलाई २६२ रनको लक्ष्य दिएको छ। श्रीलंकाको पी सारामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २६१ रन बनायो । टेष्ट नेशनविरुद्ध बलियो स्कोर बनाउने क्रममा पवन शरार्फसँगै सन्दीप जोराको ब्याटिङ उत्कृष्ट रहृयो ।

नेपालका लागि पवन सर्राफले ८१ रन जोडे। ओपनिङमा आएका उनले १११ बलमा ८ चौका र १ छक्का हिर्काए। अर्का ओपनर रित गौतमले ३२ रनको योगदान दिए।मोहमद आसिफ शेख भने ३ रनमै आउट भएका थिए। कुशल मल्लले ३२ बलमा २८ रन जोड्ने क्रममा १ चौका र ३ छक्क प्रहार गरे। कप्तान रोहितकुमार पौडेल १४ रनमै आउट भएका थिए।

मध्यक्रमका ब्याट्सम्यान सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। सन्दीप जोराले भीम सार्कीसँग मिलेर नेपालको स्कोरलाई बलियो स्थितिमा पुर्‍याए । दुबैले ७१ रनको साझेजारी गरे । सन्दीपले ३७ बलमा ५६ रन जोड्ने क्रममा ३ चौका र ३ छक्का प्रहार गरे।

भीमले २१ रन बनाए । कुशल मल्लको नाममा व्यक्तिगत २८ र कप्तान रोहितकुमारको नाममा १४ रन रहृयो ।बंगलादेशका मोहम्मद तान्जिम हुसेन र मोहम्मद शाहिन आलमले समान २–२ विकेट लिए ।मोहमज मृत्युन्जय, मिनहुजर रहमन र ‍ताहिद रिदोयले १–१ विकेट लिए।

यसअघि नेपाल सुरुवाती खेलमा आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। अन्तिम चारमा पुग्न नेपाललाई आजको खेल जित्नै पर्ने दबाब छ।यदि पराजित भएमा नेपाल एक खेल अगाडि नै यू१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिनेछ ।