५ पुष २०८२, शनिबार
,
Latest
मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल महाधिवेशनमा स्वच्छ प्रतिष्पर्धा गर्ने वातावरण भएनः योगेश भट्टराई एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेलबारे सर्वोच्चको फैसलाविरुद्ध सरकार पुनरावलोकनमा जानुपर्छ : गुरुङ



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले एनसेलको पुँजीगत लाभकर सम्बन्धी सर्बोच्च अदालतको पछिल्लो फैसला विरुद्ध पुनरावलोकनमा जान सरकारको ध्यानाकर्षण गराएका छन् ।सर्वोच्चको पछिल्लो आदेश बेठीक रहेकाले त्यसलाई सच्याउन आवश्यक रहेको उनले बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक तथा पूर्वकानुनमन्त्री गुरुङले अर्बौ रुपैया राज्यलाई घाटा पार्ने सो आदेश विरुद्ध सर्वोच्चको पूर्ण इजलासमा पुनरावलोकनका लागि सरकार जानुनर्पे बताए ।

‘भदौ ९ गते सर्वोच्च अदालतले एनसेलको पुँजीगत लाभको विषयमाबारे जुन आदेश दिएको छ, त्यो आदेशले राज्यको अर्बौको कोषको घोटाला गराएको छ’ उनले भने ‘त्यो आदेश बेठीक छ, त्यो आदेश विगतको २०७५ माघ २३ गतेको सर्वोच्च अदालतको फुल बेन्चको आदेशको पनि उलंघन गरेको छ ।’