२२ भाद्र २०८३, सोमबार
,
Latest
तनहुँको बैरेनी जग्गा विकास आयोजनाको भौतिक प्रगति ८९ प्रतिशत पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

डेंगुको नियन्त्रणमा सरकार प्रभावकारी भए लागेन: सांसद डा. संग्रौला



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले डेंगुको प्रकोप नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद संग्रौलाले डेंगुको संक्रमणबाट जनता आक्रान्त भएको भन्दै नियन्त्रणका लागि सरकारसँग माग गरेकी हुन्।

सुरुदेखि नै यसको प्रभावकारी नियन्त्रणमा सरकार लागेको भए देभैभरी यसको प्रभाव भयावह रुपमा फैलिने थिएन भन्दै उनले डेंगुको प्रकोप नियन्त्रण एवं यसबाट संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सभामुखमार्फत सरकारसँग माग गरिन्।

साउन यता विभिन्न अस्पतालमा भर्ना भएका डेंगु बिमारीको संख्या करिब ३ हजार ५ सय ८० नाघिसकेको छ भने ज्यान गुमाउनेको संख्या ४ पुगेको छ। इडिसिडीको श्रोतका अनुसार श्रावणदेखि यता प्रदेश नं. १ मा ७५२, प्रदेश नं. २ २३, प्रदेश नं. ३ १३४४, गण्डकी प्रदेशमा ६७७, प्रदेश नं. ५ मा १०८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिमप्रदेशमा १२ जनामा डेंगुको संक्रमण पाइएको छ।