७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने News Polar असोज ९ देखि तीन दिन भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले

निर्वाचनसँगै आयोग नै खर्चिलो, सरकारले दियो २५ करोड

निर्वाचनसँगै आयोग नै खर्चिलो, सरकारले दियो २५ करोड
अ+ अ-

काठमाडौं। मंसिर १४ गतेको उपनिर्वाचनका लागि सरकारले निर्वाचन आयोगलाई २५ करोड रुपियाँ उपलब्ध गराएको छ।प्रत्येक निर्वाचन खर्चिलो बन्दै गएको अवस्थालाई मध्यनजर गर्दै आयोगले उपनिर्वाचनका लागि ४० करोड रुपियाँ माग गरेको थियो।

हाललाई २५ करोड रुपियाँ मात्र उपलब्ध गराइएको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले जानकारी दिनुभयो। ‘सरकारले अहिलेलाई २५ करोड रुपियाँ उपलब्ध गराएको छ। यति रकमले पुगेन भने फेरि मग्छौं।’ –प्रवक्ता खरेलले भन्नुभयो।

निर्वाचन सुरक्षा तथा आवश्यक सामग्री खरिद, सुरक्षा, कर्मचारी व्यवस्थापन र ढुवानी लागतलाई हेरेर आयोगले सो रकम माग गरेको थियो।

‘अघिल्लो निर्वाचनको तुलनामा यसपटक माग गरिएको रकम बढी नै थियो’, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो– ‘धेरै जिल्ला स–साना तह र वडामा निर्वाचनको व्यवस्थापन गर्नुपर्ने भएकाले उपनिर्वाचन खर्चिलो बन्न गएको हो। सबैभन्दा बढी खर्च सुरक्षा र कर्मचारी व्यवस्थापनका लागि चाहिन्छ।’

उपनिर्वाचनका लागि करिब ६ हजार ८ सय जनशक्ति परिचालन गर्नुपर्ने आयोगले अनुमान गरेको छ।हरेकपटकको निर्वाचन खर्चिलो बन्दै गएको आयोगको अभिलेखमा देखाइएको छ।

२०४८ सालमा प्रतिमतदाता खर्च १० रुपियाँबाट बढेर २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनसम्म आइपुग्दा २ सय ७५ रुपियाँ पुगेको थियो। २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा ३ सय ८४ रुपियाँ खर्च भएको थियो।

त्यसको चार वर्षपछि भएको स्थानीय तह निर्वाचनमा सो खर्च बढेर ४ सय ९० रुपियाँ पुगेको थियो।यसैबीच आयोगले पछिल्लोपटक संकलन गरेको मतदाता नामावलीको सूची प्रकाशन गर्ने अन्तिम तयारी गरिरहेको छ।

उपनिर्वाचनको मिति घोषणा भएको दिनसम्म संकलित मतदाता नामावली विवरण सम्बन्धित जिल्लाबाट प्राप्त गरी आयोगमा डाटा एकीकरण, प्रशोधनपछि दोहोरिएको नाम रुजु गर्ने कार्य भइरहेको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

उपनिर्वाचनलाई लक्षित गरी आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र तोकिएको इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरेको थियो।

अन्तिम मतदाता नामावली प्रकाशनपछि सम्बन्धित जिल्लामार्फत उपनिर्वाचन हुने निर्वाचन क्षेत्रका वडा तहसम्म दाबी विरोधको कार्यक्रम सञ्चालन गर्ने तयारी पनि भइरहेको आयोगले जनाएको छ।

प्रकाशित गर्न लागिएको मतदाता नामावलीमा उपनिर्वाचनको मिति घोषणा भएको दिनसम्म मात्र १८ वर्ष उमेर पूरा भई नाम दर्ता गराएका वा नाम सार्नका लागि निवेदन दिएका मतदाताको नाम समावेश हुनेछ। आयोगको विवरणअनुसार अहिले ५१ ठाउँमा उपनिर्वाचन गराउनुपर्नेछ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।