४ पुष २०८२, शुक्रबार
,
Latest
हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट भोजपुरमा हिउँदे आलुमा डढुवाको सङ्क्रमण पाँच महिनामा चार सय ९६ घरेलु तथा साना उद्योग दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापाका दुई स्थानमा बम विस्फोट



अ+ अ-

बिर्तामोड । झापाका दुई स्थानमा बम विस्फोट भएको छ । आइतबार राति गौरादह नगरपालिका र बिर्तामोड नगरपालिकामा बम विष्फोट भएको हो ।

विष्फोटबाट गौरादह नगरपालिका कार्यकारी अधिकृत चढ्ने स्कारपियो गाडीमा क्षति पुग्नुका साथै बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा बम विस्फोट भएको हो । उक्त गाडी गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडी भएको मेयर रोहितकुमार साहले जानकारी दिए ।

मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । विस्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताए ।

त्यसअघि राति साढे ११ बजे बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा बम विस्फोट भएको छ । भवनको भुई तलाको ढोकामा बम विस्फोट गराइएको डीएसपी श्रेष्ठले जानकारी दिए । विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो बम र कसले विस्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए ।