• ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
  •   Unicode
Logo

हजुरआमा बन्दै रविना टन्डन



आफ्नो अदाले दर्शकलाई दिवाना बनाएकी बलिउड अभिनेत्री रविना टन्डन छिट्टै हजुरआमा बन्दैछिन्। रविनाले हालै आफ्नी छोरी छायाको ‘बेबी सोअर पार्टी’ आयोजित गरेकी छन्। रविनाकी छोरी छायाको बेबी सोअर पार्टीको तस्बिर सोसल मिडियामा तीव्र रूपमा भाइरल भएको छ।

रविनाकी खास मित्र पूजा मखिजाले आफ्नो इन्स्टाग्राममा यो तस्बिर सेयर गरेकी थिइन्। पूजाले बेबी सोअरको तस्बिर सेयर गर्दै रविनाको तारिफमा लेखेकी छन्, ‘हजुरआमा बन्न लागेकोमा चियर्स। राम्ररी हेरचाह गरेर आफ्नी एडप्टेड छोरीको बेबी सोअर पार्टी गरेको देखेर मन छोयो।’

छायालाई रविनाले १९९५ मा एडप्ट गरेकी हुन्। रविनाले २००४ मा अनिल थडानीसँग विवाह गरेकी हुन्। उनका दुई सन्तान राशा र रणवीर छन्।