४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष

काठमाडौँमा मिथिला थाली चखाउँदै ‘मास्टर सेफ’ सन्तोष
अ+ अ-

काठमाडौँ : बेलायतबाट काठमाडौँ ओर्लिनुभएका राजु सिंह काम विशेषले जन्मघर जनकपुर जान पाउनुभएन । लामो समय लण्डनको बसाइपछि घर गएर खानाको परिकार खाँदै पारिवारिक भेटघाट गर्ने सिंहको चाहना थियो । सोचेजस्तो पारिवारिक भेटघाट गर्न नपाएपछि जनकपुरकै मिथिला परिकार खाने अवसर भने काठमाडौँमै जु¥यो । ‘बीबीसी मास्टर सेफ’ सन्तोष साहले ललितपुरको झम्सिखेलमा सञ्चालन गर्नुभएको ‘मिथिला थाली बाई सेफ सन्तोष साह’ नामक रेष्टुरेण्ट सिंह जस्ता धेरै मिथिला स्वादका पारखीका लागि उपयुक्त गन्तव्य बनेको छ । झमेलको उपनामले परिचित पर्यटकीय क्षेत्र झम्सिखेलमा मिथिला थाली सञ्चालन भएसँगै उपभोक्ताको भीड लाग्ने गरेको छ ।

बीबीसीको मास्टर सेफ जितेपछि विश्वभर चर्चा कमाउनु भएका सेफ सन्तोषले नेपालमै उत्कृष्ट खानाका परिकारको स्वाद पस्केर नेपालमै जम्ने निधो लिएर मिथिला थाली सुरु गर्नुभएको हो । झण्डै २० वर्ष विभिन्न तारे होटलमा प्रमुख सेफका रुपमा काम गरिसक्नुभएका उहाँले काठमाडौँलाई मिथिला थालीको स्वाद पस्किनुभएको छ ।

मिथिला परिकार र संस्कृतिलाई प्रवर्द्धन गर्न मास्टर सेफ सन्तोषले करिब रु एक करोड लगानीमा ललितपुरको झम्सिखेलमा नयाँ रेस्टुरेण्ट ‘मिथिला थाली’ सञ्चालनमा ल्याउनुभएको छ । सेफ साहले आफ्ना दाइ दिलीप र सेफ लक्ष्मणसँगको सहकार्यमा उक्त रेष्टुरेण्ट सुरु गर्नुभएको हो ।

गतवर्ष जेठ ६ गते जनकपुरबाट सुरू भएको मिथिला थालीको शाखा उपत्यकामा एक वर्षपछि सुरू गरिएको सेफ सन्तोषले बताउनुभयो । उहाँले भन्नुभयो, “मिथिला खाना तथा कला संस्कृतिको प्रवर्द्धनका लागि मिथिला थाली सञ्चालनमा ल्याइएको हो ।” आफूले बाल्यकालदेखि मिथिला संस्कृति र खानपानमा रमाएको सम्झिनुहुँदै अहिले यसको प्रवर्द्धनका लागि काम गरेको सन्तोषले सुनाउनुभयो ।

नेपालकै प्रसिद्ध परम्परागत रैथाने खाना मिथिला थाली खाना उपत्यकाभित्रै खान पाइने भएपछि उपभोक्ताको जनकपुर जाने चाहना काठमाडौँमै पुरा हुने भएको छ । “मिथिला थाली खान जनकपुर जाने सोच बनाएको थिएँ । काठमाडौँमै खुलेपछि यहाँ आएर खाइयो”, पुतलीसडकका सञ्जय निरौलाले भन्नुभयो, “थकाली खाना खाइरहेकोमा मिथिला परिकार भिन्न र स्वादिष्ट छ, अर्गानिक पनि छ । मिथिला स्वादको आनन्द लिइरहेका छौँ ।”

काठमाडौँको माछापोखरीकी समीक्षा पराजुलीलाई पनि मिथिला थालीको स्वाद मनपरेको बताउनुभयो । “खाना एक दम राम्रो छ । हस्पिटालीटी असाध्यै मनप-यो । सेफ सन्तोषले खोलेको थाहा पाएर आएर यहाँ आएको हुँ”, उहाँले भन्नुभयो ।

‘कोलोनी क्वीङ्स’ सुकेधाराबाट १७ जनाको समूह पनि मिथिला थालीको स्वाद लिन झम्सिखेल पुगेका थिए । मास्टर सेफ सन्तोषको बारेमा सुनेको हुनाले रेष्टुरेण्टमा परिकारको स्वाद लिन आएको उक्त समूहको प्रतिक्रिया थियो ।

जनकपुरमा आवासीय सुविधासहित रु तीन करोड लगानीमा मिथिला थाली सञ्चालनमा छ । त्यही मिथिला थालीको शाखा ललितपुरको झम्सीखेलमा सुरु गरिएको हो । बिहान १० बजेदेखि राति १० बजेसम्म मिथिला थालीमा रमाउन सकिन्छ । केही समयमै ब्रेकफास्ट मेनुसहित बिहानैदखि रेष्टुराँ सञ्चालनमा ल्याइने सेफ सन्तोषको योजना छ ।

सेफ साहले डेली डाइट शीर्षकको थालीमा तीन वटा ननभेज करी, जनकपुरको लस्सी र रसमलाइ लगायतका परिकार राख्नुभएको छ । साथै मिथिला थाली रु पाँच सय ५० अन्तर्गत चोखा, भात, घ्यू, रोटी, तरुवा, तिलौरी, सलादको संयोजन गर्नुभएको छ । उहाँका अनुसार झम्सिखेलको यो रेष्टुराँमा जनकपुरको तावा माछा पनि पाइन्छ ।

रेष्टुराँलाई विभिन्न प्रकारका मिथिला आर्टले सजाइएको छ । “हामीले मिथिला कलाकारका कलाकृतिलाई यहाँ राखेका छौँ, ग्राहकहरुले यी कला खरिद गरेर उहाँहरुलाई आर्थिक रुपमा सहयोग गर्न सक्नुहुनेछ”, सेफ सन्तोषले भन्नुभयो । यति मात्रै नभएर मिथिला थालीमा ग्राहकले खर्च गर्ने एकदेखि तीन रुपैयाँसम्म गरिब, अनाथ, असहाय, एकल महिला र छोरीहरुका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो । यसअघि पनि साहले विभिन्न सामाजिक काममा आर्थिक सहयोग गर्दै आउनुभएको छ ।

जनकपुरमा मिथिला थालीको प्रति थाली रु तीन सय पर्ने गरेको छ । जसमा १८ परिकारको मज्जा लिन सकिने सेफ दिलीप साह बताउनुहुन्छ । उहाँले झम्सिखेलमा पनि धेरै भन्दा धेरै मिथिला परिकार खुवाउने बताउनुभयो । उहाँले मिथिला थालीमा मिथिला र तराईको मेनु सेटअप गरिएकाले धेरैले रुचाउने विश्वास व्यक्त गर्नुभयो । उहाँ भन्नुहुन्छ, “केही समयपछि हामीले केराका परिकार समेत राख्नेछौं । क्रियटिभ तरिकाले सेटअप गरिने थालीलाई ग्राहकले मन पराउनुहुन्छ ।”

आफूलाई भान्से भनेर चिनाउने सेफ लक्ष्मणले नेपाली खानाको ब्राण्डिङ गर्न पछाडि परिरहेको अवस्थामा मिथिला खानाको प्रवर्द्द्धनले विदेशीलाई समेत यसप्रति आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयो । अब मिथिला खाना पनि नेपाली खाना नै हो भन्ने बनाउनुपर्नेमा उहाँको जोड छ । “यहाँको आलुको रोटी, कडी करी लगायतलाई विश्व बजारमा लैजान सकिन्छ । भ्यालु क्रिएट गर्न सकिन्छ”, सेफ लक्ष्मणले भन्नुभयो ।

मिथिला थालीलाई मुलुकभित्र र बाहिर विस्तार गर्ने उनीहरूको योजना छ । केही समयमै काठमाडौँको गौशाला, विराटनगर र वीरगञ्जमा मिथिला थाली विस्तार हुनेछ । त्यसपछि भारतको अयोध्या र कतारको राजधानी दोहामा समेत मिथिला थाली विस्तार गर्ने योजना रहेको सेफ दिलीपले जानकारी दिनुभयो ।

सिबी अधिकारी/रासस