४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि प्रिमियर लिगको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौँ । आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ । गएराति भएको खेलमा आर्सनलले म्यान्चेस्टर युनाइटेडलाई हरायो ।

युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा आर्सनल १–० गोलले विजयी भएको हो । आर्सनललाई जित दिलाउन एकमात्र निर्णायक गोल लियान्ड्रो ट्रोसार्डले गरे ।

उनले खेलको २० औं मिनेटमा गोल गरेका हुन् । काई हाभेट्रजको पासमा उनले बललाई जाली चुमाए ।

जितसँगै आर्सनलले ३७ खेलबाट ८६ अंक जोडेको छ । एक खेल कम खेलेको म्यान्चेस्टर सिटी ८५ अंकसहित दोस्रो स्थानमा छ । अब आर्सनलले अन्तिम खेल एभर्टनसँग खेल्नेछ भने म्यान्चेस्टर सिटीले टोटेनहम र वेस्ट हाम युनाइटेडसँग खेल्नेछ ।

यता, पराजित म्यान्चेस्टर युनाइटेड ३६ खेलबाट ५४ अंकसहित तालिकाको आठौं स्थानमा छ ।