१० चैत्र २०८१, आईतवार
,
Latest
नागढुङ्गामा हाइस दुर्घटना हुँदा एकको मृत्यु, नौ घाइते सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति दृढ रहने कांग्रेस कार्यसम्पादन समितिको निर्णय उत्पादनको मूल्य नपाउनु दक्षिण एसियाली देशका किसानको साझा समस्या आइपिएल क्रिकेटः पहिलो खेलमा हैदरावादको जित ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक गिरी सम्मानित मशानघाट विश्वकै ठूलो विश्वविद्यालय भेडाबाख्रा ओसारपसार गर्दा निरोगी प्रमाणित गर्नुपर्ने मण्डनदेउपुर र जापानको फुजिनोमिया नगरबीच भगिनी सम्बन्ध संविधानप्रति पूर्ण प्रतिवद्ध छौँ ,बाहिरबाट परिवर्तन आउन सम्भव छैन: काँग्रेस सिरहामा विभेदको घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै



file photo
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल आज सरकारबाट बाहिरिने भएको छ । योसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पनि राजीनामा दिनु हुने छ ।

पार्टी विभाजनपछि संकटमा पर्नुभएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश सरकारमासमेत अल्पमतमा परेको छ । आफ्नै कमजोरी कारण यादव अहिले संघ मात्र होइन, मधेस प्रदेश सरकारसमेत गुमाउने अवस्थामा पुग्नुभएको हो ।

यादवले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । तर त्यो भेट फलदायी भएन । जसपा नेपाल सरकार बाहिर गएपछि फरक नपर्ने जवाफ पाएपछि यादवले हिजै आफू निकट व्यक्तिहरुसँग छलफल गर्नुभएको थियो । आज पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको छ । यो बैठकले संघीय सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने छ ।

त्यसो त मधेश प्रदेश सरकार अल्पमतमा परेपछि उपेन्द्र यादव झन् संकटमा हुनुहुन्छ । मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएर जसपा नेतृत्वलाई अल्पमतमा पारेपछि अध्यक्ष यादव संघीय सरकारमा रहने वा बाहिरिने भन्ने विषय नैतिकतासँग जोडिएर आएको छ । सत्ता फेरबदल गर्न सक्रिय भएको भन्दै पार्टी विभाजन भए पनि सत्तामै बसिरहेका उहाँ झन् ठूलो नैतिक संकटमा फस्नुभएको थियो ।

जसपा विभाजनपछि यही साता सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै संघीय सरकारबाट बाहिरिनु पर्ने बाध्यात्मक अवस्था आएको हो ।

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि जसपालाई सरकारबाट बाहिरन आग्रह गर्ने र बाहिर रहेका दललाई सत्ता समीकरणमा समेट्ने प्रधानमन्त्री दाहालको तयारी थियो । तर त्यसअघि नै यादव सरकारबाट बाहिरिन लागेपछि प्रधानमन्त्रीलाई समेत सहज भएको छ ।

यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेस सरकारमा त्यसको असर परेको हो । जसपा नेपालबाट मधेशमा मुख्यमन्त्री बनेका सरोजकुमार यादव एमाले र माओवादी केन्द्रले सरकार छोडेपछि अल्पमतमा गर्नुभएको छ । अब यादव नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै भएको छ ।

मधेशमा मुख्यमन्त्री यादव अल्पमतमा परेपछि एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर सरकार बनाउने सहमति गरेका छन् । योसँगै हाल बाहिर रहेका जनमत र लोसपा संघीय सरकारमा आउने ढोका खुलेको छ ।

समीकरणमा थपिने जनमत, नागरिक उन्मुक्ति, लोसपालाई दिने मन्त्रालयको व्यवस्थापनबारे जेठ १ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि दाहाल र ओलीबीच छलफल हुनेछ । त्यसपछि समीकरणमा भएका दलहरुबीच पुन: मन्त्रालय हेरफेर हुने छ ।

जसपा नेपालको ५ सिट सरकारबाट बाहिरिएपछि सत्ता समीकरणमा जनमत र लोसपाको प्रवेश हुनेछ । एमाले ७९, माओवादी ३२, रास्वपा २१, एकीकृत समाजवादी १०, जनता समाजवादी ७, जनमत ६ र लोसपा र उन्मुक्ति ४, ४ सिट गरी सत्ता समीकरणको १६३ सिट पुग्ने छ । यद्यपि जनमत र लोसपा मधेश सरकार बनाउन सत्ता समीकरणसँग जोडिए पनि संघीय सरकारबारे निर्णय गरेका छैनन् । प्रधानमन्त्री दाहालले यी जनमत र लोसपालाई सरकारमा समेट्ने संकेत दिइ सक्नुभएको छ ।