९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादव आज सरकारबाट बाहिरिँदै



file photo
अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल आज सरकारबाट बाहिरिने भएको छ । योसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पनि राजीनामा दिनु हुने छ ।

पार्टी विभाजनपछि संकटमा पर्नुभएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव मधेश सरकारमासमेत अल्पमतमा परेको छ । आफ्नै कमजोरी कारण यादव अहिले संघ मात्र होइन, मधेस प्रदेश सरकारसमेत गुमाउने अवस्थामा पुग्नुभएको हो ।

यादवले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो । तर त्यो भेट फलदायी भएन । जसपा नेपाल सरकार बाहिर गएपछि फरक नपर्ने जवाफ पाएपछि यादवले हिजै आफू निकट व्यक्तिहरुसँग छलफल गर्नुभएको थियो । आज पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको छ । यो बैठकले संघीय सरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने छ ।

त्यसो त मधेश प्रदेश सरकार अल्पमतमा परेपछि उपेन्द्र यादव झन् संकटमा हुनुहुन्छ । मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएर जसपा नेतृत्वलाई अल्पमतमा पारेपछि अध्यक्ष यादव संघीय सरकारमा रहने वा बाहिरिने भन्ने विषय नैतिकतासँग जोडिएर आएको छ । सत्ता फेरबदल गर्न सक्रिय भएको भन्दै पार्टी विभाजन भए पनि सत्तामै बसिरहेका उहाँ झन् ठूलो नैतिक संकटमा फस्नुभएको थियो ।

जसपा विभाजनपछि यही साता सत्ता समीकरणमै रहने बताएका यादव जसपा नेतृत्वको मधेश सरकार अल्पमतमा परेसँगै संघीय सरकारबाट बाहिरिनु पर्ने बाध्यात्मक अवस्था आएको हो ।

जेठ १ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि जसपालाई सरकारबाट बाहिरन आग्रह गर्ने र बाहिर रहेका दललाई सत्ता समीकरणमा समेट्ने प्रधानमन्त्री दाहालको तयारी थियो । तर त्यसअघि नै यादव सरकारबाट बाहिरिन लागेपछि प्रधानमन्त्रीलाई समेत सहज भएको छ ।

यादव नेतृत्वको जसपा, नेपाल विभाजन भएर अशोक राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएपछि मधेस सरकारमा त्यसको असर परेको हो । जसपा नेपालबाट मधेशमा मुख्यमन्त्री बनेका सरोजकुमार यादव एमाले र माओवादी केन्द्रले सरकार छोडेपछि अल्पमतमा गर्नुभएको छ । अब यादव नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै भएको छ ।

मधेशमा मुख्यमन्त्री यादव अल्पमतमा परेपछि एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मिलेर सरकार बनाउने सहमति गरेका छन् । योसँगै हाल बाहिर रहेका जनमत र लोसपा संघीय सरकारमा आउने ढोका खुलेको छ ।

समीकरणमा थपिने जनमत, नागरिक उन्मुक्ति, लोसपालाई दिने मन्त्रालयको व्यवस्थापनबारे जेठ १ मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएपछि दाहाल र ओलीबीच छलफल हुनेछ । त्यसपछि समीकरणमा भएका दलहरुबीच पुन: मन्त्रालय हेरफेर हुने छ ।

जसपा नेपालको ५ सिट सरकारबाट बाहिरिएपछि सत्ता समीकरणमा जनमत र लोसपाको प्रवेश हुनेछ । एमाले ७९, माओवादी ३२, रास्वपा २१, एकीकृत समाजवादी १०, जनता समाजवादी ७, जनमत ६ र लोसपा र उन्मुक्ति ४, ४ सिट गरी सत्ता समीकरणको १६३ सिट पुग्ने छ । यद्यपि जनमत र लोसपा मधेश सरकार बनाउन सत्ता समीकरणसँग जोडिए पनि संघीय सरकारबारे निर्णय गरेका छैनन् । प्रधानमन्त्री दाहालले यी जनमत र लोसपालाई सरकारमा समेट्ने संकेत दिइ सक्नुभएको छ ।