९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत



अ+ अ-

मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

आज प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री थापामगर पेस गर्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा ५७ मत परेको हो । उहाँको पक्षमा सत्ता साझेदार नेकपा (एमाले) का २४, नेपाली कम्युनिष्ट पार्टीका २६ र राप्रपाका सात जना प्रदेशसभा सदस्यले मतदान गर्नुभएको हो ।

प्रदेशसभा बैठकमा ३६ सिट रहेको नेपाली काङ्ग्रेस, तीन सिट रहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) भने अनुपस्थित रहेकाले विपक्ष र तथस्टमा शून्य मत रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

मुख्यमन्त्री थापामगर ४ भदौमा प्रदेशसभाका ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । बागमती प्रदेशसभा सचिवालयका कानुन उपसचिव तथा प्रवक्ता प्रकाश चापागाईँका अनुसार मुख्यमन्त्री थापामगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मत प्राप्त गर्नुभएको हो ।

एमाले, नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका थापालाई विश्वासको मत दिनका लागि सत्ता साझेदार एमाले र नेकपाले ह्वीप जारी गरेको थियो । सरकार निर्माणमा समर्थन तथा सहभागिताका विषयलाई लिएर राप्रपामा भने विवाद सिर्जना भएको थियो ।

आन्तरिक विवादकै कारण १२ सिट रहेको राप्रपाका ६ सदस्यले मात्रै विश्वासको पक्षमा मत दिनुभयो भने अन्य सदस्य बैठकमा अनुपस्थित रहनु भयो । रासस