• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’ ★   दिल्लीलाई ठूलो झट्का, कप्तान ऋषभ पन्त एक खेलका लागि निलम्बन, भारी जरिवाना पनि लगाइयो ★   नेपालको नक्सा नोटमा छाप्दा अरुले चिन्ता गर्नु पर्दैन: अध्यक्ष ओली ★   आईपीएलका कारण टी–२० विश्वकपका लागि भारतीय टोली दुई समूहमा अमेरिका जाने ★   ‘ई–चुरोट’को सेवनबाट स्वास्थ्य खतराबारे चेतावनी ★   रुद्राक्षको व्यापारबाट मनग्य आम्दानी गर्दै सन्तोष ★   मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु ★   सरकार संसद चल्न नदिने र संसदीय छानविन समिति पनि बनाउन नदिनेतर्फ उद्धत भयोः काँग्रेस ★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट

नयाँ फिल्मबारे साहरुख भन्छन्, ‘मैले लेखेपछि मात्र विश्वास गर्नुहोस्’



बलिउड नायक साहरुख खानको विषयमा धेरै समाचारहरु आइरहेका हुन्छन् । उनको नयाँ चलचित्रको विषयमा पनि मिडियामा धेरै गसिपहरु बनिरहेका छन् । राजकुमार हिरानीको चलचित्रदेखि संजयलीला भन्साली र अली अब्बास जफरको चलचित्रमा समेत साहरुखको नाम जोडिएको छ ।

पछिल्लो समय साहरुखले यशराज ब्यानरको नयाँ चलचित्रमा काम गर्न लागेको खबर पक्का भन्दै सार्वजनिक भएको थियो । तर, साहरुखले यसलाई नकारेका छन् । उनले आफ्नो अफिसियल ट्विटरमा ट्विट गर्दै साहरुखले आफू अहिलेसम्म कुनै पनि चलचित्रमा अनुबन्धित नभएको खुलाएका छन् ।

उनले लेखेका छन्, ‘मैले मेरो अनुपस्थितीमा वा गुप्त रुपमा कति वटा चलचित्र साइन गरिसकेछु, जुन मलाई नै थाहा छैन ।’ साहरुखले आफूले भनेपछि मात्र विश्वास गर्न पनि फ्यानहरुलाई आग्रह गरेका छन् ।

उनले भनेका छन्–‘म जब यो चलचित्र गर्छु भनेर भन्छु अनी मात्र त्यसलाई पत्याउनु होला । नत्र, अरु सबै हल्ला मात्र हुन् ।’