११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा

रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा
file
अ अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको यथेष्ट प्रमाणहरु सरकार आफैँसँग रहेको दाबी गर्नुभएको छ ।

शनिवार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि उहाँले सञ्चारकर्मीमाझ उपप्रधानमन्त्री लामिछानेले सहकारीमा गरेको गठीको यथेष्ट तथ्य र प्रमाणहरु सरकारी अड्डाहरुसँगै रहेको बताउनुभएको हो ।

जिबी राईसँग मिलेर उपप्रधानमन्त्री लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएकोमा कुनैपनि दुविधा नभएको भन्दै महामन्त्री थापाले तथ्य, प्रमाण खोज्न रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सिआईबीले गरेको अनुसन्धान, पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई बुझाएको हस्ताक्षर, ल्याप्चे लगायतको यसको परीक्षण नै पर्याप्त हुने दोहोर्याउनु भयो ।

उहाँले सहकारी ठगी प्रकरणको विषयलाई खेलाँची नगरी गम्भिरतापूर्वक लिन र वचतकर्ताहरुको रकम फिर्ता गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

महामन्त्री थापाले भन्नुभयो, ‘यो सरकार र प्रतिपक्ष बीचको यो संसदीय समिति बनाउने कि नबनाउने भन्ने एउटा हाम्रो माग, सरकारको पेलाई एउटा संघर्ष चलिरहेको छ । तर यो बीचमा हाम्रो तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूको के विषयमा ध्यानाकर्षण गराउन चाहन्छु भने यो हामीले सहकारी भनेका छौं । करोडौंको ठगी भनेका छौं । तर के कुरा हामी बिर्सिरहेका छौँ भने पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्ण लक्ष्मी सहकारी वा साना पाईला, समानता वा सुप्रिम वा इमेज सहकारीहरु मात्रै हामीले हे¥यौँ भने प्रत्येक दिन संसद भित्र भइरहेको छलफल वा सरकारका मानिसहरुले राखिरहेका कुराहरुको सन्दर्भमा उनीहरु के कुरा कुरेर बसिरहेका छन भने हाम्रो वचत फिर्ता हुन्छ कि हुँदैन भनेर बसिरहेका छन् ।

यो मलाई नै अहिले दिनमा सहकारीको विषय उठाईरहेका हुनाले पहिला देखिनै आउने र भेट्ने त गर्नुहुन्थ्यो । तर अहिले कम्तिमा पनि १२÷१५ जना नचिनेको बचतकर्ताहरुले कहिन कहीँबाट सम्पर्क गर्नुहुन्छ, कोशिस गर्नुहुन्छ विभिन्न माध्यमहरुबाट । र उहाँहरुलाई अरु कुनैपनि कुराको सरोकार छैन । एक लाख, २ लाख, ५ लाख, १० लाख वचत छ । कि तुरुन्त वचत फिर्ता हुने अवस्था भएन भने परिवार, परिवार बीचमा अप्रिय घटना हुने अवस्थाहरु बन्ने अवस्था हामीले देखिरहेका छौं । र कुनैपनि बेला यो धैर्यताको बाँध फुट्नसक्छ ।

त्यसैले मैले प्रधानमन्त्रीजीलाई अनुरोध पनि गराएको, सचेत र सजग पनि गराएको सहकारीको रकम लगेर अपचलन गरेको विषयहरुको सन्दर्भमा सरकारको खास गरेर प्रधानमन्त्रीले तत्काल गम्भिर भएर बचत फिर्ता गराउने काम प्रारम्भ गराउनुभएन भने वा त्यो शुरु भयो भन्ने कुराको उहाँहरु आश्वस्त बन्ने आधार तय भएन भने थुप्रै अप्रिय घटनाहरु हाम्रो समाजमा भएको हामीले देख्ने अवस्था आउँछ । यो यी विषयहरुको बारेमा एकदमै गम्भिर बन्न प्रधानमन्त्रीलाई पार्टीको तर्फबाट अनुरोध गर्न चाहन्छु ।

दोस्रो विषय जिबी राईसँग मिलेर माननीय रवि लामिछानेले सूर्यदर्शन, सुप्रिम, स्वर्ण लक्ष्मी लगायत थुप्रै सहकारीको हजारौं वचतकर्ताहरुको करोडौं रुपैयाँ गोर्खा मिडियालगायतका संस्थाहरु प्रयोग गरेर अपचलन गर्नुभएको, ठगी गर्नुभएको भन्ने हाम्रो दाबी छ । यसमा हामीलाई कुनैपनि दुविधा छैन । तथ्य, प्रमाणका कुराहरु निस्किएका छन् । तथ्य, प्रमाण खोज्न पनि कहीँ पनि जानुपर्र्दैन । कसैले पेश पनि गर्नुपर्दैन । रुपेन्देहीको जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धान, अभियोजन गर्दा दर्ता भएका प्रतिवेदनहरु, सिआईवीले गरेको अनुसन्धान, जसमा लुकाइएको थियो ।

तर अहिले जुन बाहिर सार्वजनिक भएको छ । पोखराको महानगरपालिकाले तयार गरेको प्रतिवेदन, कम्पनी रजिष्ट्रार कार्यालयले सम्पती शुद्धिकरणलाई र प्रहरी कार्यालयलाई रवि लामिछानेले गर्नुभएको हस्ताक्षर ल्याप्चे लगायतको यसको परीक्षण गर्नका लागि गरेको अनुरोध, त्यहाँ भित्र रवि लामिछानेको हस्ताक्षर भएका थुप्रै कागजहरु, पत्रहरु, यति धेरै तथ्य र प्रमाणहरु छन कि तथ्य र प्रमाण खोज्न कहीँ जानै पर्दैन । सरकारी अड्डाहरुमै गएर तथ्य र प्रमाण केलाए हुन्छ ।

त्यसैले नेपाली काँग्रेस पार्टीको तर्फबाट के आग्रह छ भने अब यो चटके कुराहरु गर्न छाडिदिएर यसलाई खेलाचीको विषय बनाएर होइन । हामी गम्भिरतापूर्वक भनिरहेका छौं । संसदीय समिति भित्र यिनै तथ्य प्रमाणहरुको आधारमा रवि लामिछाने जिवी राईसँग मिलेर सहकारी ठगीमा संलग्न हुनुहुन्थ्यो भन्ने कुरा प्रमाणित हुन्छ । कुनै नयाँ कुरा चाहिँदैन । कहीँ कसैले केही ल्याउनै पर्दैन ।’

महामन्त्री थापाले सरकारले सहकारी वचतकर्ताहरुको रकम फिर्ता गराउने काममा सरकार गम्भिर नभए समाजमा अप्रिय घटना हुन नसक्नेतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।