२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता सम्पन्न



अ+ अ-

काठमाडौंः प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७६ को एक विशेष समारोहका बीच बुधबार जंगी अड्डास्थित खेल मैदानमा समापन गर्नुभएको छ ।


उक्त अवसरमा प्रधानसेनापति थापाले प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७६ मा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः नं १६ बाहिनी अड्डा, मध्य पृतना हे.क्वा. तथा उपत्यका पृतना हे.क्वा.लाई नगद तथा ट्रफि प्रदान गर्नुभएको थियो ।

उहाँले गण फुटबल प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गण, द्वितीय हुने विष्णुदल गण र तृतीय हुने कालीबहादुर गणका खेलाडीहरुलाई ट्रफि, प्रमाण पत्र र पदक प्रदान गर्नुभएको थियो । साथै उहाँले गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः जगदल गण, पुरानो गोरख गण र नं. १ जगदल गणलाई ट्रफि तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

सोही क्रममा प्रधानसेनापति थापाले वर्षभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरु क्रमशः हङकङमा सञ्‍चालन भएको The North Face रेसमा अन्तर्राष्ट्रिय रेकर्ड सहित स्वर्ण पदक, हङकङमै सञ्‍चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेष्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्य पदक जित्‍न सफल भएका एथ्लेटिक्स खेलाडी जमदार पूर्ण तामाङ्ग तथा गणेशमान खुल्ला बक्सिङ्ग प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा रजत पदक जित्‍न सफल बक्सिङ्गतर्फका महिला खेलाडी अमल्दार पुनम रावललाई अजय बल सम्पन्‍न ट्रफि तथा नगद पुरस्कार समेत प्रदान गर्नुभएको थियो ।

समापन कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष, पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, रथीबृन्दहरु, रक्षा मन्त्रालयका सह सचिव, अन्य सुरक्षा अंगका अधिकृत प्रतिनिधिहरु, सैनिक श्रीमती संघका पदाधिकारीहरु, नेपालस्थित विदेशी सैनिक सहचारीहरु लगायत नेपाली सेनाका बहालवाला तथा भूपू सकलदर्जाको उपस्थिति रहेको थियो ।