११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति News Polar गण्डकीमा बाढीपहिरोको वितण्डा, पुल बग्यो, मुख्य सडक अवरुद्ध News Polar नाम्सी खोलामा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडक अवरुद्ध News Polar प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न

नेपाल अर्थोपेडिक अस्पतालको २८औँ वार्षिकोत्सव सम्पन्न
अ अ+ अ-

काठमाडौँ: नेपाल अपाङ्ग सङ्घ अन्तर्गत सञ्चालित नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटीको २८औँ वार्षिकोत्सव समारोह विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ।

अस्पताल परिसरमा आयोजित उक्त समारोहमा प्रमुख अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख श्रीमती सान्नानी लामाको उपस्थिति रहेको थियो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका वडा अध्यक्षज्यूहरू, नेपाल अपाङ्ग सङ्घका प्रतिनिधिहरू, अस्पताल सञ्चालक समितिका पदाधिकारी तथा सदस्यहरू, चिकित्सक, नर्सिङ तथा स्वास्थ्यकर्मी, कर्मचारी, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा. मुक्तिनाथ तिमिल्सिनाले स्वागत मन्तव्य राख्दै नेपाल अर्थोपेडिक अस्पतालले विगत २८ वर्षदेखि आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका, विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूलाई गुणस्तरीय तथा सहुलियतपूर्ण अर्थोपेडिक स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले अस्पतालको विकासमा योगदान पुर्‍याउने संस्थापक, पूर्व नेतृत्व, चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारी, सहयोगी संस्था, दातृ निकाय तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्नुभयो।

समारोहमा बोल्दै प्रमुख अतिथि सान्नानी लामाले नेपाल अर्थोपेडिक अस्पतालले समुदायका विपन्न तथा असहाय नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएकोमा प्रशंसा गर्दै अस्पतालको निरन्तर प्रगति र सेवाको विस्तारका लागि स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा अस्पतालको २८ वर्षे यात्राका प्रमुख उपलब्धि, सेवा विस्तार, मानवीय तथा सामाजिक सेवाका कार्यक्रम, अन्तर्राष्ट्रिय साझेदारी तथा आगामी योजनाहरूका बारेमा जानकारी गराइएको थियो।

नेपाल अर्थोपेडिक अस्पतालले विगतदेखि नै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थासँग सहकार्य गर्दै नि:शुल्क तथा सहुलियतपूर्ण उपचार सेवा सञ्चालन गर्दै आएको छ। विशेषगरी इउभचबतष्यल ध्बपि ऋजष्अबनय, ग्क्ब् सँगको सहकार्यमा सञ्चालन हुँदै आएको घुँडाको जोर्नी प्रत्यारोपणसम्बन्धी मानवीय सेवा तथा Operation Walk Chicago, USA सँगको सहकार्यमा सञ्चालन भएका नि:शुल्क खुट्टा तथा एङ्कल शल्यक्रिया शिविरहरूले आर्थिक रूपमा विपन्न बिरामीहरूलाई ठूलो राहत पुर्‍याउँदै आएका छन्।

कार्यक्रमका अवसरमा अस्पतालमा लामो समयदेखि कार्यरत कर्मचारी तथा अस्पतालको विकास र सेवामा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा कदरपत्र प्रदान गरिएको थियो। साथै अस्पतालको २८ वर्षको यात्रा, उपलब्धि र भावी कार्यदिशाका विषयमा समेत चर्चा गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले अस्पतालले आगामी दिनमा अझ गुणस्तरीय, सुरक्षित, पहुँचयोग्य र बिरामीमैत्री स्वास्थ्य सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। साथै अस्पतालको मूल उद्देश्य र मानवीय सेवाको भावनालाई कायम राख्दै आधुनिक प्रविधि, दक्ष जनशक्ति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीमार्फत सेवा विस्तार गर्नुपर्ने धारणा व्यक्त गरिएको थियो।

समारोहमा उपस्थित सबैले नेपाल अर्थोपेडिक अस्पतालले आगामी दिनमा समेत “गुणस्तरीय स्वास्थ्य सेवा सबैका लागि” भन्ने भावनालाई आत्मसात् गर्दै विपन्न, असहाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सेवामा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

२८औँ वार्षिकोत्सवले अस्पतालको विगतको योगदानको स्मरण गर्दै आगामी दिनमा थप प्रभावकारी, गुणस्तरीय र मानवीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धतासहित नयाँ उत्साह र ऊर्जा प्रदान गरेको छ।

कार्यक्रमका सभापति साम्देन लामाले अस्पतालको प्रगतिका लागि आफू तथा संचालक समितिका सबै पदाधिकारीहरु यथासक्य लागि पर्ने मन्तव्य सहित सभाविर्सजन गरिएको थियो ।
वार्षिकोत्सवको उपलक्ष्यमा भर्ना भएका विरामीहरुलाई फलफूल वितरण गरिनुको साथै सो दिन जनरल ओ.पि.डी नि:शुल्क प्रदान गरिएको थियो ।