२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त



अ+ अ-

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

भूकम्पबाट प्रभावित इन्डोनेसियाप्रति नेपाल सरकार र नेपाली जनताको ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गर्दै मन्त्री खनालले प्राकृतिक विपद्बाट हुने पीडा र दुःख नेपालले समेत भोगिसकेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल ‘एक्स’मार्फत उहाँले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

उहाँले भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा सुनिश्चित गर्दै शीघ्र उद्धार, राहत तथा पुनःस्थापनाको कामना गर्नुभएको छ ।

मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता र सहानुभूति प्रकट गर्नुभएको हो ।