५ पुष २०८२, शनिबार
,
Latest
एमालेको पनि भित्री तयारी निर्वाचनतिरै छः प्रचण्ड देशको प्रधानमन्त्री भई गोरुजस्तो जोतिएर देशको सेवा गर्न मन छः नेत्रविक्रम चन्द खुला मञ्च खुला गरियोस्ः संयोजक दाहाल सबै कम्युनिष्ट पार्टीलाई एकै ठाउँमा केन्द्रित गर्ने संकल्प लिएका छौँः प्रचण्ड नेपाली कम्युनिष्ट पार्टीलाई बहुमत दिएर देश सेवा गर्ने मौका दिनुहोस्ः माधव नेपाल नेपाली कम्युनिष्ट पार्टीको एकता सन्देश सभा–फोटोफिचर महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान परिवर्तन चाहने शक्तिहरू एकैठाउँमा ल्याउन परे सभापति पद त्याग्न तयार छुः रवि लामिछाने पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम संवैधानिक कमजोरी सच्याउँदै राष्ट्रपतिबाट संसद् पुनर्स्थापनाको घोषणा गर्नुपर्छ–एमाले
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय बैंक अब संघीय संरचनामा, गभर्नरको उमेरहद ६५ वर्षभन्दा कम



अ+ अ-

काठमाडौं । मुलुकको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकलाई अब संघीय संरचनामा लैजाने गरी कानूनी व्यवस्था गर्न लागिएको छ । अर्थमन्त्रालयद्वारा संघीय संसदको प्रतिनिधिसभामा दर्ता गरिएको नेपाल राष्ट्र बैंक ऐन, २०५८ को संशोधन विधयेकले केन्द्रीय बैंकलाई संघीय संरचनामा लैजान सक्ने व्यवस्था प्रस्ताव गरेको हो ।

पछिल्लो समयमा राष्ट्र बैंकका अधिकारीहरुले राष्ट्र बैंकका कार्यालयहरुलाई प्रादेशिक कार्यालयको रुपमा रुपान्तरण गर्ने बताउदै आएका थिए । सोही अनुसार अर्थ मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो । हाल राष्ट्र बैंकका कार्यालयहरु ७ वटै प्रदेशमा छन् ।

अहिले जुनसकुै उमेरका व्यक्ति पनि तोकिएको योग्यतापुर्ण भएमा राष्ट्र बैंकको गभर्नर अथवा सञ्चालक नियुक्त हुन सक्ने व्यवस्था रहेको छ । तर विधयेकले राष्ट्र बैंकका गभर्नरको पनि उमेर हद तोक्ने प्रस्ताव गरेको छ ।

यदि विधेयक पारित भए राष्ट्र बैंकको सञ्चालक वा गभर्नर हुनका लागि अबदेखि ३५ वर्ष नाघेको र ६५ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ ।