१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ

तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ
अ अ+ अ-

सिड्नी । तीन अष्ट्रेलियाली नागरिक इरानमा पक्राउ परेका छन् । बुधबार सार्वजनिक भएको एक समाचारमा उक्त जानकारी दिइएको छ । इरानको राजधानी तेहरानमा पश्चिमाहरुलाई बन्धक बनाउने तथा थुनामा राख्ने गरिएको पछिल्लो घटनाको रुपमा ती अष्ट्रेलियाली नागरिकहरु पक्राउ परेका हुन् ।

थुनामा राखिएका ती तीन जनाका परिवारलाई अष्ट्रेलियाली विदेश मन्त्रालयले कन्सुलर सेवा प्रदान गरिरहेको जनाइएको छ । अष्ट्रेलियाले आफ्ना नागरिकको रिहाइका लागि प्रयास थालेको छ । तर उनीहरुलाई इरानमा कुनै अभियोग लगाएर थुनिएको हो वा होइन भन्ने बारेमा भने अष्ट्रेलियाले केही बताएको छैन ।

बेलायती पत्रिकाले दुई जना बेलायती महिलालाई तेहरानमा थुनामा राखिएको भनी समाचार सार्वजनिक गरेलगत्तै यी तीन जना अष्ट्रेलियालीलाई पनि नियन्त्रणमा लिइएको समाचार सार्वजनिक भएको हो । अष्ट्रेलियाली प्रसारण संस्था एबिसी ब्रोडकास्टरले ती दुई जना महिलामध्ये एकजनाका अष्ट्रेलियाली केटासाथी पनि तेहरानको एक थुनामा रहेको जनाएको समाचारमा उल्लेख गरिएको छ ।

थुनामा परेका मध्येकी एक जना महिला प्राज्ञिक क्षेत्रकी भएको पाइएको छ । ती दुई महिला महिनौँदेखि थुनामा रहेको सो पत्रिकाले हालैमात्र सार्वजनिक गरेको थियो ।अष्ट्रेलियाले यसै हप्ताको सुरुमा नै इरानको भ्रमण नगर्न अथवा गर्नै पर्ने भएमा भ्रमणको औचित्य पुष्टि गरेर मात्र भ्रमण गर्न भन्दै आफ्ना नागरिकहरुलाई सूचना जारी गरेको थियो ।

अष्ट्रेलियाले आफ्ना नागरिकलाई इरानको मात्र नभएर इराक र अफगानिस्तानको पनि भ्रमण नगर्न भनेको थियो । पछिल्लो समयमा अमेरिकाले नेतृत्व गरेको गल्फ सैन्य मिसनमा अष्ट्रेलियाले पनि सहयोग गर्ने जनाएको छ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले गत महिना अमेरिकी नेतृत्वको उक्त सैन्य समूहमा अष्ट्रेलिया पनि सहभागी हुने र गल्फ मिसनमा योगदान गर्ने प्रतिक्रिया दिएका थिए ।

प्रधानमन्त्री मोरिसनको उक्त प्रतिक्रियापछि आफ्ना नागरिकहरु ती देशमा असुरक्षित होलान् भन्ने डरले ती देशहरुमा भ्रमणमा नजान सूचना जारी गरेको बताइएको थियो । पछिल्लो समयमा अमेरिका र इरानबीचको सम्बन्ध बिग्रिएको छ । यसका कारण अमेरिकालाई सहयोग गर्दै आएका उसको समूहका देशहरुलाई पनि इरान र इराकले तारो बनाउने गरिएको पाइएको छ ।

यसै कारणले हालैका दिनहरुमा अमेरिकालाई सहयोग गरिरहेका पश्चिमा देशका नागरिकहरु इरान र इराकमा असुरक्षित बन्ने गरेका छन् ।