२२ भाद्र २०८३, सोमबार
,
Latest
विश्व स्वास्थ्य संगठन दक्षिण पूर्वी एशिया क्षेत्रीय समितिको ७९औँ बैठकमा नेपालको सहभागिता तथा जलवायु न्यायसम्बन्धी… सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छः नेपाली सेना रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै विपत्तिमा परेका नागरिकलाई राज्यको साथ चाहिएको छ : राष्ट्रपति पौडेल मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न प्रशासनको आग्रह विपत्तिको घडीमा एकताबद्ध भएर उद्धार र पुनर्निर्माणमा जुट्न राष्ट्रपति पौडेलको आह्वान बाढी प्रभावित तीन जिल्लामा स्वास्थ्य बीमाको सहभुक्तानी र क्यापिङ हटाइयो धनुषामा १९७ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ कांग्रेसले दियो सरकारलाई १ करोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्र विधेयक पारित गर्दै वर्षे अधिवेशन सम्पन्न



अ+ अ-

हेटौँडा । सत्र विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो । वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिवेशनको बाँकी नौ विधेयकसमेत गरी कूल १७ विधेयक पारित भएको र हालसम्म प्रस्तुत ४५ विधेयकमध्ये सबै पारित भएर प्रदेश प्रमुखकोमा प्रमाणीकरणका लागि पठाइएकामा ३८ वटा विधेयक प्रमाणीकरण भएर आएको उनले बताए ।

सभामुख श्रेष्ठका अनुसार प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि र प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ समेत पारित गरेको थियो ।

अधिवेशनका क्रममा प्रदेशसभा अन्तर्गतका सबै विषयगत समितिले आ आफ्नो वार्षिक प्रतिवेदनसभामा पेश गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्धी खेती तथा मत्स्यपालन कार्यक्रमको स्थलगत प्रतिवेदन पेश गरेको, प्रदेशसभाले प्रदेशसभा दर्पण भाग दुई प्रकाशित गरेको सो अवसरमा जानकारी दिइएको थियोे ।