१३ आश्विन २०८१, आईतवार
,
Latest
बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्र विधेयक पारित गर्दै वर्षे अधिवेशन सम्पन्न



अ+ अ-

हेटौँडा । सत्र विधेयक, एक कार्यविधि र एक नियमावली पारित गर्दै प्रदेश ३ को प्रदेशसभाको वर्षे अधिवेशन सकिएको छ । आज प्रदेशसभाले पत्रकार सम्मेलन गरी अधिवेशन सकिएको जनाएको हो । वैशाख ३० गतेदेखि भदौ २५ गतेसम्म ५३ घण्टा एक मिनेटसम्म बसेको बजेट अधिवेशनसमेत भनिने सो अधिवेशन समापन गरिएको प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

अधिवेशन अवधिभर सात नयाँ विधेयक दर्ता भएको, अघिल्लो अधिवेशनको बाँकी नौ विधेयकसमेत गरी कूल १७ विधेयक पारित भएको र हालसम्म प्रस्तुत ४५ विधेयकमध्ये सबै पारित भएर प्रदेश प्रमुखकोमा प्रमाणीकरणका लागि पठाइएकामा ३८ वटा विधेयक प्रमाणीकरण भएर आएको उनले बताए ।

सभामुख श्रेष्ठका अनुसार प्रदेशसभाले प्रदेशको स्थायी राजधानी तोक्नेसम्बन्धी कार्यविधि र प्रदेशसभा नियमावली पहिलो संशोधन २०७६ समेत पारित गरेको थियो ।

अधिवेशनका क्रममा प्रदेशसभा अन्तर्गतका सबै विषयगत समितिले आ आफ्नो वार्षिक प्रतिवेदनसभामा पेश गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि समितिले चितवन र सिन्धुली जिल्लामा सञ्चालित सामूहिक चक्लाबन्धी खेती तथा मत्स्यपालन कार्यक्रमको स्थलगत प्रतिवेदन पेश गरेको, प्रदेशसभाले प्रदेशसभा दर्पण भाग दुई प्रकाशित गरेको सो अवसरमा जानकारी दिइएको थियोे ।