१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित

बचत सहकारीको सङ्ख्या घटाइन्छ: मन्त्री अर्याल

बचत सहकारीको सङ्ख्या घटाइन्छ: मन्त्री अर्याल
अ अ+ अ-

काभ्रेपलाञ्चोक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताएका छन् ।

मन्त्री अर्यालले जिल्ला सहकारी सङ्घ लिमिटेड काभ्रेपलाञ्चोकको ५२औँ स्थापना तथा ३८औँ वार्षिक साधारणसभामा उहाँले सहकारीलाई फरक ढङ्गले व्यवस्थित गर्न बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कम गर्ने र कृषिमा आधारित विषयगत सहकारीको सङ्ख्या बढाइने नीति सरकारको रहेको बताए ।

उनले भने, “गाउँ–गाउँको समृद्धिको अभियान विषयगत सहकारीबाट चलाइने छ, यसका लागि कृषि सहकारीलगायत विषयक सहकारी आवश्यक छ, प्रक्रियागत ढङ्गले सहकारीको सङ्ख्या घटाउने र बढाउने गरिन्छ ।” मन्त्री अर्यालले कृषि सहकारीमार्फत ठूला स्तरका कृषि फार्म तथा उद्योग सञ्चालन गर्ने वातावरण बनाइने बताए ।

“सरकार सहकारीमा कानूनी बाधक बनेको पनि छैन र बन्दैन पनि, हामी फरक ढङ्गले सहकारीमार्फत विकासका काममा काम गर्ने अभियानमा छौँ”, उनले भने । सहकारीकर्मीले पनि सहकारी कानूनमा रहेर सरकारको समृद्धिको यात्रामा साथ दिनुपर्ने उनको धारणा थियो । मन्त्री अर्यालले सरकार किसानमैत्री, सहकारीमैत्री भएर समृद्धिको अभियान चलाउने योजना बनाइरहेका बेला जमीनलाई फरक ढङ्गले सदुपयोग गर्दै अधिकतम उत्पादनमा लाग्न आग्रह गरे ।

“सरकारले भू–उपयोग ऐन सरकारले पास गरेको, अब कार्यान्वयनका निम्ति नियमावली बनाउँछ, यसपछि तपाईहरु आफ्नो जमीन आफैँले प्रयोग गर्न लाग्नुहुन्छ”, उनले थपिन, “हामी भूमि व्यवस्थापन नगरी नहुने परिस्थितिमा पनि छौँ, भूमिको बेथिति हटाउँदै जनताको आर्थिक अवस्थामा सुधार ल्याउन हामी हिम्मतका साथ अगाडि बढेका छौँ, यसमा तपाईहरुले साथ दिनुपर्दछ ।”

राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका अध्यक्ष केशवप्रसाद बडालले सहकारीकर्मी सहकारीको मूल्य–मान्यताअनुसार चल्नुपर्ने बताउँदै वर्तमान सरकार सहकारीमैत्री भएकाले आन्दोलनमा जानु नपर्ने बताए । जिल्ला सहकारी सङ्घ लिमिटेडका अध्यक्ष विनोद पराजुलीले संस्थाको गतिविधिबारे जानकारी दिँदै लिमिटेडसँग जिल्लास्थित ४७६ वटा सहकारी आबद्ध रहेको बताए ।