४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नदेज्दा कप: नेपाल इतिहास रच्नबाट यो पटक पनि चुक्यो



अ+ अ-

काठमाडौं । किर्गिस्थानमा भएको नदेज्दा कप महिला फुटबलको फाइनलमा उज्वेकिस्तानसँग पराजित हुदै नेपाली महिला टिमले उपविजेतामा चित्त बुझाउनु परेको छ । किर्गिस्तानको सेन्ट्रल रंगशालामा बिहीबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग ३–२ गोलअन्तरले पराजित भएको छ । जसकारण नेपालले ईतिहास रच्नबाट पुनः चुकेको छ ।

अहिलेसम्म नेपालले अन्तर्राष्ट्रिय महिला फुटबलको उपाधि जित्न सकेको छैन । खेलको ३९औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने उज्वेकिस्तानले दुई गोल गर्दा नेपालले पनि दुई गोल गर्न सफल भएको थियो ।

खेलको ५५औं मिनेटमा उज्वेकिस्तानले गोल गर्दै नेपालविरुद्ध २–० गोलको अग्रता बनाएको थियो भने खेलको ६४औं मिनेटमा अर्को गोल थप्दै ३–० गोलको अग्रता बनायो । तर खेलको ६७औं मिनेटमा सावित्रा भण्डारीको गोल गर्दै ३–१ गोलको स्थितिमा ल्याएकी थिइन् ।

त्यस्तै, खेलको ९०औं मिनेटमा नेपालले पेनाल्टी पाउँदा सावित्राको गोलले नेपाललाई जित दिलाउन भने सकेन् । र विजयी शिखर चुम्नबाट नेपालले हात धुनुपर्यो ।