९ भाद्र २०८३, मंगलवार
,
Latest
पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँडेबार नाघेर आएँ



अ+ अ-

म उसले लाइदिएको काँडेबार नाघेर आएँ
तिम्रो फूलबारीमा एउटा गुलाब टाँगेर आएँ ।
सम्झना बर्को न्यानो, शरदका चिसा साँझमा
रहरका रुमाल समयको किलोमा बाँधेर आएँ ।
आफूसँगै हुन्छ आफ्नो, जो छैन, त्यो होइन
बुझिसकेथ्यो मनले, मैले आफै भाँडेर आएँ ।
यति मात्रै होइन पक्कै, दुख्ला अझै माया मेरो
चुहिसकेका आँसु पनि कोसमा थामेर आएँ ।
पत्याइन देवता कुनै, सधैं मन्दिर छेउ लाइ हिँडे
आज त्यही पत्थरसँग तिम्रो खुशी माँगेर आएँ ।