६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापक सङ्घको अध्यक्षमा प्राध्यापक डा बुद्धबहादुर थापा निर्विरोध



अ+ अ-

काठमाडाैंः नेपाली प्राध्यापकको छाता संस्था नेपाल प्राध्यापक सङ्घको अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा निर्वाचित हुनुभएको छ ।

सङ्घको निवर्तमान महासचिवसमेत रहनुभएका थापालाई सङ्घको निर्वाचन समितिले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

अन्य पदाधिकारी तथा सदस्यको भने टुङ्गो लाग्न बाँकी नै रहेको निर्वाचन समितिले जनाएको छ । उनीहरुको निर्वाचन कात्तिकमा हुने तय भएको छ ।

कूल २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २० जना केन्द्रीय सदस्य निर्वाचित भएर उनीहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ । लामो समय बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका थापाले राजनीतिक शास्त्रमा विद्यावारिधि गर्नुभएको हो भने बरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ ।

सङ्घमा त्रिभुवन विश्वविद्यालयका झण्डै आठ हजार र अन्य विश्वविद्यालयका गरी झण्डै १२ हजार प्राध्यापक आबद्ध रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले विश्वविद्यालयमा भइरहेको राजनीतिकरणको अन्त्य गर्ने र बौद्धिक क्षेत्रको गुणस्तर वृद्धि गर्नेतर्फ आफ्नो कार्यकालमा काम गर्ने योजना बनाएको बताउनुभयो ।