७ असार २०८३, आईतवार
,
Latest
इन्जुरी समयमा निर्णायक गोलसँगै जर्मनी नकआउट चरणमा पोखरा बसपार्कभित्रका ३२० सटर हटाइयो धवलागिरिका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने पञ्चकन्या मन्दिरमा गौमाता शिलामूर्ति अनावरण स्विडेनमाथि नेदरल्यान्ड्सको सानदार जित अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच पार्टी पुनर्गठनसम्बन्धी सुझाव संकलन कार्यक्रम उत्साहपूर्ण: एमाले उपाध्यक्ष पौडेल रास्वपा महाधिवेशन: कांग्रेस, एमाले र नेकपाबाट दोस्रो तहका नेता राप्रपाबाट अध्यक्ष लिङ्देन सहभागी हुने कोशीमा भारी वर्षाको सम्भावना, तराईका केही क्षेत्रमा तातो लहरको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राध्यापक सङ्घको अध्यक्षमा प्राध्यापक डा बुद्धबहादुर थापा निर्विरोध



अ+ अ-

काठमाडाैंः नेपाली प्राध्यापकको छाता संस्था नेपाल प्राध्यापक सङ्घको अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा निर्वाचित हुनुभएको छ ।

सङ्घको निवर्तमान महासचिवसमेत रहनुभएका थापालाई सङ्घको निर्वाचन समितिले आइतबार निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।

अन्य पदाधिकारी तथा सदस्यको भने टुङ्गो लाग्न बाँकी नै रहेको निर्वाचन समितिले जनाएको छ । उनीहरुको निर्वाचन कात्तिकमा हुने तय भएको छ ।

कूल २१ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २० जना केन्द्रीय सदस्य निर्वाचित भएर उनीहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ । लामो समय बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्दै आउनुभएका थापाले राजनीतिक शास्त्रमा विद्यावारिधि गर्नुभएको हो भने बरिष्ठ अधिवक्ता पनि हुनुहुन्छ ।

सङ्घमा त्रिभुवन विश्वविद्यालयका झण्डै आठ हजार र अन्य विश्वविद्यालयका गरी झण्डै १२ हजार प्राध्यापक आबद्ध रहेका छन् ।

नवनिर्वाचित अध्यक्ष थापाले विश्वविद्यालयमा भइरहेको राजनीतिकरणको अन्त्य गर्ने र बौद्धिक क्षेत्रको गुणस्तर वृद्धि गर्नेतर्फ आफ्नो कार्यकालमा काम गर्ने योजना बनाएको बताउनुभयो ।