१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय सदस्य निर्वाचनमा महिलातर्फको मतगणना जारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा महिलातर्फको मतगणना जारी छ । अहिलेसम्म ७०० मत गणना भइसक्दा डिला सङ्ग्रौलाले सबैभन्दा बढी ४१८ मत प्राप्त गर्नुभएको छ । त्यस्तै पुष्पा भुसालले ४००, आरजु देउवाले ३५६, ईश्वरी न्यौपानेले ३२४ र अम्बिका बस्नेतले ३२२ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी सरिता प्रसाईंले ३२०, अनिता देवकोटाले २७६, रमा कोइरालाले २७३ र सुशीला ढकालले २६४ मत प्राप्त गर्नुभएको छ । पार्टीको केन्द्रीय सदस्य निर्वाचनमा महिलातर्फ ९ जनाको सिटमा ३० जनाको उम्मेदवारी परेको छ ।