काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने निःशुल्क उपचार सेवाको प्रभावकारी कार्यान्वयनका लागि डा. नवराज जोशीलाई सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकेको छ।

मन्त्रालयले ‘लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८३)’ बमोजिम विभिन्न अस्पतालसँग आवश्यक समन्वय, सेवा सहजीकरण तथा सूचना आदान–प्रदानलाई व्यवस्थित बनाउन डा. जोशीलाई फोकल पर्सनको जिम्मेवारी दिएको जनाएको छ।
मन्त्रालयका अनुसार उपचारसम्बन्धी समन्वय, सेवा सहजीकरण तथा आवश्यक सूचना आदान–प्रदानका लागि अस्पताल तथा सम्बन्धित निकायले ९८५१४६००३७ नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
यस व्यवस्थामार्फत सेवा प्रवाहसँग सम्बन्धित समन्वय, सूचना आदान–प्रदान तथा उपचार सहजीकरणको कार्य एकीकृत रूपमा सञ्चालन हुने मन्त्रालयको विश्वास छ।
मन्त्रालयले यो व्यवस्थाले लक्षित वर्गका नागरिकलाई उपलब्ध गराइने १० प्रतिशत निःशुल्क शैय्या सेवा तथा विपन्न नागरिक उपचार सहायता कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र सहज बनाउन महत्वपूर्ण भूमिका खेल्ने जनाएको छ।
न्यूजपोलार
२१ श्रावण २०८३, बिहीबार १५:४७
न्यूजपोलार
२१ श्रावण २०८३, बिहीबार १५:४७
२१ श्रावण २०८३, बिहीबार १५:४७









