२१ श्रावण २०८३, बिहीबार
,
Latest
सेनालाई सस्तो बनाउने काम भयो, सरकार जिम्मेवार छ : मिराज ढुंगाना महाधिवेशन तयारीमा राप्रपा, अध्यक्ष लिङ्देनद्वारा समितिलाई कार्ययोजना बनाएर तत्काल काम थाल्न निर्देशन कृत्रिम अभाव सृजना गर्नेलाई कानुनबमोजिम कारबाही राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस विशेष महाधिवेशन विवादमा सर्वोच्चको निस्सापछि विश्वप्रकाश शर्मा: तथ्य र राजनीतिक सत्य थप स्पष्ट हुने विश्वास मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन ग्यास अभाव तत्काल समाधान गर्न आयल निगमलाई उद्योगमन्त्री यादवको निर्देशन कन्सुलर प्रमाणीकरणका लागि ‘नेपाल ई–प्रमाणीकरण प्रणाली’ शुरु, अब अनलाइनबाटै आवेदन दिन सकिने नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो मनसुनजन्य विपद् व्यवस्थापन तथा पूर्वतयारीलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मनसुनजन्य विपद् पूर्वतयारीको प्रगति नियमित पेस गर्न निर्देशन



फाइल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारीसम्बन्धी ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिनुभएको छ ।

सभाको आजको बैठकमा उक्त ध्यानाकर्षण प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको घोषणा गर्दै अध्यक्ष दाहालले हरेक आर्थिक वर्षको पुस मसान्त र असार मसान्तभित्र कार्यान्वयन प्रगति विवरण सभासमक्ष पेस गर्न सरकारलाई निर्देशनसमेत दिनुभयो ।

यस्तै, ध्यानाकर्षण प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई उहाँले निर्देशन दिनुभयो ।