११ भाद्र २०८३, बिहीबार
,
Latest
एमाले मधेस प्रदेशका सांसदले एक दिनको तलब बाढीपीडितलाई दिने उपराष्ट्रपति यादवद्वारा भोटेकोशी बाढीको विपत्तिमा एकजुट हुन आग्रह विपद व्यवस्थापन तथा मानवीय सहयोगको काममा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल विपद् प्रभावित क्षेत्रमा पशुपन्छी उद्धारका लागि प्राविधिक टोली परिचालन भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो रसुवा बाढीपीडितको उद्धार र सहयोगका लागि साउदीसँग मन्त्री यादवको अपिल संयुक्त अरब इमिरेट्सद्वारा बाढीपहिरोप्रति व्यक्त पोखरा महानगरद्वारा बाढी प्रभावितका लागि ४५ लाख सहयोग बाढी प्रभावित नुवाकोटको विदुर पुगे प्रधानमन्त्री शाह, क्षतिको स्थलगत निरीक्षण बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस



अ+ अ-

काठमाडौं । राष्ट्रियसभामा ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ पेस भएको छ । सभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उक्त विधेयक पेस गर्नुभएको हो ।

मन्त्री चौधरीले नेपालको संविधान भाग –३ मौलिक हकअन्तर्गत खाद्यसम्बन्धी हक, उपभोक्ताको हक, स्वास्थ्यसम्बन्धी हक, स्वच्छ वातावरणको हक र सम्पत्तिको हकसम्बन्धी संवैधानिक व्यवस्थाअनुसार सङ्घ, प्रदेश र स्थानीय तह बीचको समन्वय तथा सहकार्यमा पशु तथा माछाका सङ्क्रामक रोगको रोकथाम, नियन्त्रण र निवारण तथा उन्मूलन गरी पशु स्वास्थ्य, जनस्वास्थ्य र वातावरण स्वास्थ्य संरक्षण गर्न विधेयक आवश्यक रहेको बताउनुभयो ।

उहाँले महामारीबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न र पशु तथा पशुजन्य पर्दाथको व्यापार प्रवर्द्धन गर्न र पशु सङ्क्रामक रोग नियन्त्रण गर्न कानुन आवश्यक भएकाले विधेयक पेस गरेको स्पष्ट पार्नुभयो । राष्ट्रियसभाको आगामी बैठक साउन २२ गते शुक्रबार अपराह्न १ः१५ मिनेटमा बस्ने छ ।