१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिसमा नेपाली महिला टिम फाइनलमा



अ+ अ-

काठमाडौं । २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको छ। इन्डोनेसियाको योकर्ता सहरमा भइरहेको खेलमा तुर्किमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै नेपालले फाइनल यात्र तय गरेको हो।

नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग समान ३–० ले नै पराजित भएको थियो ।

यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ। जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए।