२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेबलटेनिसमा नेपाली महिला टिम फाइनलमा



अ+ अ-

काठमाडौं । २४ औं एशियन टेबलटेनिस च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको छ। इन्डोनेसियाको योकर्ता सहरमा भइरहेको खेलमा तुर्किमिनिस्तानलाई समान ३–० ले पराजित गर्दै नेपालले फाइनल यात्र तय गरेको हो।

नेपाली टोलीका ब्यवस्थापक धर्ममान बज्राचार्यका अनुसार नविता श्रेष्ठ, एलिना महर्जन र सिक्का सुवाल सम्मिलित नेपाली टिमले लिग कम नकआउटका आधारमा पहिलो खेलमा जोर्डनलाई र दोश्रो खेलमा तुर्किमिनिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।

नेपाली महिला टोली लिग चरणमा मकाउ र इरानसँग समान ३–० ले नै पराजित भएको थियो ।

यस्तै पुरुष टिमले पनि तुर्किमिनिस्तानमाथि ३–१ को जित निकालेको छ। जसमा स्यान्टु श्रेष्ठले २ र संयोग कपालीले एक खेल जितेका थिए।