१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: आयाक्सको सहज जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा डच क्लब आयाक्सले सहज जित निकालको छ । मंगलबार राति भएको खेलमा आयाक्सले फ्रेन्च क्लब लिलीलाई ३–० को फराकिलो गोल अन्तरले हराएको हो ।

एन्टोन प्रोमेस, एड्सन अल्भारेज र निकोलस टाग्लियाफिकोले घरेलु मैदानमा भएको खेलमा आयाक्सलाई जित दिलाउनलाई एक एक गोल गरेका थिए ।

जितसँगै समूह ‘एच’ को आयाक्सले पहिलो खेलमा ३ अंक जोडेको छ । र, समूहको शीर्ष स्थानमा छ । यस समूहमा चेल्सीलाई हराएर भ्यालेन्सिया भने ३ अंक जोडेर दोस्रो स्थानमा रहन आएको छ ।