१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग: चेल्सी पहिलो खेलमै पराजित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लण्डन क्लब चेल्सी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सी १–० गोल अन्तरले स्पेनिस क्लब भ्यालेन्सियासंग पराजित भएको हो ।

७४ औ मिनेटमा समुह एचको खेलमा पाहुना टोली भ्यालेन्सियालाई जिताउन रोड्रिगोले गोल गरेका थिए । चेल्सीले फर्ममा रहेका खेलाडी मेसन माउन्टलाई चोटका कारण सुरुवातमै गुमाउन पुगेको थियो ।

पेनाल्टीमार्फत खेलमा फर्कने अवसर लण्डन क्लबले खेल सकिन चार मिनेट अगाडी पाएको थियो । तर वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका बार्कलीले गोल गर्न सकेनन् ।