१८ श्रावण २०८३, सोमबार
,
Latest
इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि रोक्न ट्रम्प सहमत मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता उत्तरपश्चिम पाकिस्तानमा भएको आत्मघाती विष्फोटमा मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो युक्रेनको राजधानी किभमा रुसी मिसाइल आक्रमणः ९ जनाको मृत्यु, २८ घाइते काबुलमा प्रहरीसँगको मुठभेडमा सात सशस्त्र लुटेरा मारिए विभिन्न पाँच समितिको बैठक बस्दै इण्डोनेसियाको जाभा सागरमा जहाजमा आगलागीः ५ को मृत्यु, ४१ बेपत्ता इजरायली हवाई आक्रमणमा दुई बालबालिकासहित ९ जना प्यालेस्टाइनीको मृत्यु सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानसँग वार्ताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु



अ+ अ-

झापा। झापाको कन्काई नगरपालिका–४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक कार्यालय झापाका अनुसार आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोटीहोम क्षेत्रमा दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५१०४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका कन्काई–४ निवासी अन्दाजी ७० वर्षीय प्रल्हाद शिवाकोटीलाई ठक्कर दिएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका शिवाकोटीलाई उपचारका लागि बिर्तामोडतर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न पिकअप र त्यसका चालकलाई नियन्त्रणमा लिएको छ । रासस