७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस

विभिन्न कार्यक्रम गरी मनाइयो मोरक्कोको राष्ट्रिय दिवस
अ+ अ-

काठमाडौँ। मोरक्कोका राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको २७औँ वार्षिकोत्सव तथा राष्ट्रिय दिवस विशेष समारोह विविध कार्यक्रम आयोजना गरी नेपालमा मनाइएको छ ।

नेपालस्थित मोरक्को अधिराज्यका लागि महावाणिज्यदूतको कार्यालयले अतिथिहरूको सम्मानमा आइतबार साँझ यहाँ रात्रिभोजको आयोजना गरेको थियो । सो अवसरमा नेपाल र भारतका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी, परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्का, महावाणिज्यदूत मेघा चौधरीलगायतले दुई देशका आपसी हित र सम्भावित व्यापार, लगानी र पर्यटनका विविध विषयमा चर्चा गर्नुभएको थियो ।

उहाँहरुले नेपाल र मोरक्कोबीच स्थापना भएको मैत्रीपूर्ण र कूटनीतिक सम्बन्धका साथै आगामी दिनमा व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदान–प्रदानका माध्यमबाट द्विपक्षीय सम्बन्ध अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएकोे थियो । समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, दुवै देशका उच्च सरकारी अधिकारी, व्यापारी, लगानीकर्ता, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।

यसअघि आइतबार बिहान महावाणिज्यदूतको कार्यालय, थापाथलीमा विशेष समारोहको आयोजना गरी मोरक्कोका राजदूत मलिकी र वाणिज्यदूत चौधरीले संयुक्त रूपमा मोरक्कोको झण्डा फहराउनुभएको थियो ।

सो अवसरमा महावाणिज्यदूत मेघा चौधरीले मोरक्कोको संस्कृति, कला र पर्यटनलाई नेपालीमाझ परिचित गराउन र दुई देशबीचको सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई सुदृढ बनाउन विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभएको थियो । बीएलसी ग्लोबल होल्डिङ्स प्रालिका सहअध्यक्षसमेत रहनुभएका चौधरी गत फागुनमा नेपालका लागि मोरक्को अधिराज्यको अवैतनिक महावाणिज्यदूतमा नियुक्त हुनुभएको थियो ।

दिवसकै अवसरमा मोरक्कोको कला, संस्कृति र पर्यटनलाई नेपालीमाझ परिचित गराउने तथा द्विपक्षीय सम्बन्ध, सहकार्य, व्यापार तथा पर्यटकीय आदानप्रदानलाई थप मजबुत बनाउने उद्देश्यले आइतबार प्रदर्शनी आयोजना गरिएको थियो ।

ललितपुरको एक होटलमा आयोजना गरिएको प्रदर्शनीमा मोरक्कन परिकार, परम्परागत माटोका सामग्री (पोटरी), मोरक्कन शैलीको सजावट, पर्यटनसम्बन्धी जानकारी तथा ट्राभल डेस्क रहेका थिए । मोरक्कोले हरेक वर्ष जुलाई ३० लाई वर्तमान राजा मोहम्मद छैटौँले राजगद्दी आरोहण गर्नुभएको दिनको सम्झनामा राष्ट्रिय दिवसका रूपमा राष्ट्रिय महत्वका साथ मनाउने गर्दछ । रासस