७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा

आवश्यक कागजात नभएका १६८ सिटी सफारी र अटो कारबाहीमा
अ+ अ-

झापा। जिल्लाका विभिन्न स्थानमा सवारीचालक अनुमतिपत्र (लाइसेन्स), बिलबुक र बिमाबिना सञ्चालन भइरहेका १६८ वटा सिटी सफारी तथा अटारूलाई प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।

‘आवश्यक कागजात बिना अटो र सिटी सफारी सञ्चालन भइरहेका छन्’ भन्ने जनगुनासो प्राप्त भएपछि नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले शनिबार विशेष ‘चेकिङ अपरेसन’ सञ्चालन गरेकामा कारबाहीमा परेका सिटी सफारी र अटोको विवरण आज सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार अपरेसनका क्रममा २८५ सिटी सफारी र ७३ वटा अटो गरी ३५८ वटा सवारीसाधन चेकजाँच गरिएको थियो ।

तीमध्ये आवश्यक कागजात नबोकी चलाइएका १६८ वटा अटो तथा सिटी सफारीलाई नियन्त्रणमा लिई कारबाही गरिएको उहाँले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कानुनी कारबाही गर्दा रु दुई लाख १० हजार राजस्व सङ्कलन भएको प्रहरी नायब उपरीक्षक अवाले जानकारी दिनुभयो ।

यस्तै, चेकिङका क्रममा तत्काल आवश्यक कागजात पेस गर्न नसकेका २७ वटा सवारीसाधनलाई भने प्रहरीले नियन्त्रणमा राखेर थप अनुसन्धान तथा प्रक्रिया अगाडि बढाइएको उहाँले बताउनुभयो । रासस