७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा

‘निम्स दाइ’को रामनगरस्थित परिवार र विद्यालयका शिक्षक शोकमा
अ+ अ-

चितवन। हिमपहिरोमा परी निधन भएका कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’को रामनगरस्थित घरका परिवार, छिमेकी र उहाँले अध्ययन गर्नुभएका विद्यालयका शिक्षक शोकमा परेका छन् ।

पाकिस्तानको ‘ब्रोड पिक’ हिमालमा गएको हिमपहिरोमा परी उहाँको निधनपछि भरतपुर महानगरपालिका-१ रामनगरस्थित परिवारका सदस्य, छिमेकी र अध्ययन गर्नुभएको स्मल हेभनका शिक्षक शोकमा परेका हुन् ।

सिङ्गो चितवन, देश र विश्वभरबाट शोक व्यक्त गरिरहेका बेला रामनगरस्थित माइलादाई बसिरहेका घरमा आज बिहानैदेखि छरछिमेक तथा आफन्तहरू श्रद्धाञ्जली दिन आइरहेका छन् । भाई गुमाउँदा पीडाबोध गरिरहनुभएका दाजु जीतबहादुर पुर्जाले अरुबेला भाई हिमाल आरोहण गर्दा सधैँ आफूलाई भन्ने गरेको सुनाउँदै यसपटक पाकिस्तान जाँदा केही खबर नगरेको भन्दै उहाँ भक्कानिनुभयो । “पहिला हिमाल चढ्दा घरमा धुपबत्ती बाल्देउ है दाई भन्थ्यो । पाकिस्तान जाने बेलामा चाहिँ मलाइ केही नभनी गयो ।” घरमा आएकाहसरूँग उहाँले भक्कानिँदै पीडा पोखिरहनुभएको थियो ।

निम्स दाईको निधनपछि रामनगरस्थित घरमा आज तस्बिरमा माल्यार्पण गर्नुका साथै दीपप्रज्ज्वलन गरेर उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको छिमेकी जीवनाथ पराजुलीले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रोभन्दा एक घर परको घरमा निम्सका माइलादाई बस्नुहुन्छ । त्यहाँ राखिएको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरेका छौँ ।” उहाँको निधनले छिमेकीसमेत शोकमा परेका तारा कुँवरले बताउनुभयो । बिहानैदेखि माइलादाईको घरमा श्रद्धाञ्जली दिन आउनेक्रम जारी रहेको उहाँले बताउनुभयो ।

माइलादाई जीतबहादुर पुर्जा यहाँको घरमा बस्नुहुन्छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ दानामा जन्मिनुभएका उहाँले यहाँको आँपटारीस्थित स्मल हेभन स्कुलमा कक्षा ३ देखि १० सम्म पढ्नुभएको थियो । सुरुमा आँपटारीमा रहेको स्कुल अहिले कल्याणपुरमा सरेको छ । कक्षा दशपछि उहाँ ब्रिटिस आर्मीका लागि जानुभएको थियो ।

“म्याग्दीको दानाबाट बहिनी अनितासहित विसं २०५१ मा ११ वर्षको उमेरमा कक्षा ३ मा अध्ययन गर्न यहाँ आउनुभएका निम्सदाई सानैदेखि आवासमा बस्नुहुन्थ्यो । हालको भरतपुर महानगरपालिका-१ रामनगरमा घर भए पनि निम्स र उहाँकी बहिनी आवासमा बस्नुहुन्थ्यो”, उहाँका खेलकुद शिक्षक सुरेन्द्र बरालले भन्नुभयो । करिब सात वर्ष निम्ससँग समय बिताएको स्मरण गर्दै उहाँ सानैदेखि साहासी र अनुशासित स्वभावको भएको बरालले बताउनुभयो । उहाँको निधनले आफूलाई पीडाबोध भएको उहाँको भनाइ छ ।

स्मल हेभन स्कुलका छात्रावास प्रमुख शैलेन्द्र बरालले निम्स विद्यालयको अनुशासित विद्यार्थीका रूपमा रहेका बताउनुभयो । उहाँले निम्सको निधनले सिङ्गो विद्यालय स्तबध भएको बताउनुभयो । आठ वर्ष आफ्नै रेखदेखमा रहँदा निम्सको आँट देखेर ‘एकदिन महान व्यक्ति बन्छ’ भन्ने लागेको उहाँले स्मरण गर्नुभयो ।

स्मल हेभन स्कुलका प्राचार्य रामचन्द्र न्यौपाने आफ्नो विद्यार्थीले विश्व कीर्तिमान कायम गरेर गिनिज बुकमा नाम लेखाउँदा निकै खुसी भएको स्मरण गर्दै अहिले निम्सको निधनले विद्यालय परिवार मर्माहत र स्तब्ध भएको बताउनुभयो । सिङ्गो देश र विश्वले चिनेको आफ्नो विद्यार्थी गुमाउनुपर्दाको क्षण अपूरणीय रहेको भन्दै उहाँले यसले देशलाई अपूरणीय क्षति पुगेको बताउनुभयो । रासस