७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता

इन्डोनेसियामा डुङ्गामा आगालागी हुँदा पाँच जनाको मृत्यु, ४१ व्यक्ति बेपत्ता
अ+ अ-

इन्डोनेसिया। आइतबार इन्डोनेसियाली समुद्रमा डुङ्गामा आगो लाग्दा दर्जनौँ व्यक्तिको हताहत कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

डुङ्गामा आगलागीपछि आत्तिएर यात्रुहरू समुद्रमा हाम फालेपछि पाँच जनाको मृत्यु भएको र अन्य ४१ जना बेपत्ता भएका खोज तथा उद्धार अधिकारीहरूले बताएका छन् ।

क्षेत्रीय सुराबाया खोज तथा उद्धार निकायले दिउँसोको अपडेटमा पछिल्लो तथ्याङ्क दिँदै भनेको छ, “जहाजमा सवार पाँच जनाको मृत्यु भएको, ४१ जना वेपत्ता भएका र २२५ जनालाई उद्धार गरिएको छ ।”

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार निकाय (बासारनास) का अनुसार डुङ्गामा आगलागीपछि केही यात्रु आत्तिएर समुद्रमा हाम फालेका थिए र नजिकैको जहाजले उनीहरूलाई समूद्रबाट उद्धार गरेको थियो ।

चार अन्य जहाज डुङ्गा नजिकै तयारी अवस्थामा थिए तर डुङ्गामा रहेको ज्वलनशील सामग्रीको जोखिमका कारण नजिक जान असम्भव भएको बासारनासले जानकारी गराएको छ।

बासारनासले डुङ्गाका क्याप्टेनले कम्पनीलाई आगोको रिपोर्ट गर्दै भन्नुभएको थियो, “डुङ्गा पूर्वी जाभाको सुराबायाबाट दक्षिण सुलावेसीको मकास्सरतर्फ जाँदै गर्दा आगलागी भएको छ ।”

बासारनासले त्यसपछि क्याप्टेनसँग सम्पर्क नभएको बताएको छ। घटनास्थलबाट छ घण्टाको दूरीमा रहेको सुराबायाबाट ठूलो उद्धार टोली घटनास्थलतर्फ जाँदै छ ।

“क्षेत्रबाट आएका प्रारम्भिक रिपोर्टअनुसार, यात्रुहरूले घटनास्थल नजिकका जहाजहरूबाट उद्धारको प्रतीक्षा गरिरहेका र अधिकांशको उद्धार गर्न सफल भएको यातायात मन्त्रालयका वरिष्ठ अधिकारी मुहम्मद मस्युदले बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “यात्रु र चालक दलको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। उद्धार प्रक्रिया छिटो, सुरक्षित र प्रभावकारी रूपमा अगाडि बढोस् भन्नका लागि हामी सबै सम्बन्धित पक्षसँग निरन्तर समन्वय गर्दै छौँ ।”

इन्डोनेसियामा समुद्री दुर्घटना नियमित रूपमा हुने गर्छ । यो १७ हजार भन्दा बढी टापु भएको द्वीपसमूह हो र आंशिक रूपमा कमजोर सुरक्षा मापदण्ड तथा अप्रत्याशित मौसमका कारण यस्ता घटना हुने गर्छन् ।

गत महिना सेलायर नजिकै ७० भन्दा बढी यात्रु बोकेको डुङ्गा डुबेको थियो । सेलायर ग्रेट सुलावेसीको दक्षिणमा रहेको सानो उष्णकटिबन्धीय टापु हो ।  (रासस/एएफपी)