१७ श्रावण २०८३, आईतवार
,
Latest
मनसुन विपद्ः बितेका २४ घण्टामा एक जनाको मृत्यु, २० जना घाइते नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि… निर्मल पुर्जासहित अन्य पर्वतारोहीको शव क्याम्प–१ मा ल्याइने मिसन एशियन गेम्सः आगामी पुस्तालाई प्रोत्साहित गर्न जुट्दै स्केटर शरद र गजेन्द्र ‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्यः महासचिव पोखरेल सुनचाँदीको मूल्य घट्यो लुम्बिनीमा गहुँको छालिबाट कलात्मक सामग्री निर्माण तालिमः खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै स्थानीय महिला देशमा अब धार्मिक द्वन्द्व देखिनु हुँदैन,सबै मिलेर बस्नुपर्छः गृहमन्त्री इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनचाँदीको मूल्य घट्यो



अ+ अ-

काठमाडाैँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ३१५ कायम भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ८५ हजार र चाँदी रु चार हजार ३६० कायम भएको थियो ।

बिहीबार एक तोला सुन रु दुई लाख ८४ हजार र चाँदी रु चार हजार ३१० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।