६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले तोडे एकै खेलमा रोहितका दुई किर्तिमान



अ+ अ-

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । विराटको किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए ।

खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

योसँगै कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शर्मालाई उछिनेका छन् । खेलको शुरुवातमा कोहलीले ६५ इनिङमा २,३६९ रन बनाएका थिए भने कोहलीले ८८ इनिङमा २,४२२ रन बनाएका थिए ।

बुधबारको खेलमा शर्मा मात्र १२ रन बनाएर आउट भए भने कोहली नटआउट रहँदै रोहितलाई ७ रनले उछिने । ६६ इनिङपछि कोहलीको अब २,४४१ रन भएको छ भने ८९ इनिङबाट रोहितको २४३४ रन रहेको छ ।

कोहलीले खेलमा आफ्नो २२ औँ अर्धशतक पनि पुरा गरे । योसँगै उनले शर्माले बनाएको २१ औँ अर्धशतकको किर्तिमान भंग गरे ।

बुधबार कोहलीले मात्र ५२ बलमा चार चौका र तीन छक्का हिर्काएका थिए । योसँगै कोहली क्रिकेटका तीनवटै फर्म्याटमा ५० भन्दा बढी औसत भएको एक्ला खेलाडी बनेका छन् । कोहलीको टेस्टमा ५३.१४, एकदिवसीयमा ६०.३१ र टी–२० मा ५०.८५ को औसत रहेको छ ।

गत वर्ष पनि उनको तीनवटै फर्म्याटमा ५०भन्दा बढीको औसत रहेको थियो ।