७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि प्रधानमन्त्री शाहद्वारा सतर्कता अपनाउन अनुरोध News Polar भन्सार राजस्व संकलन एक खर्ब नाघ्यो, बाँकी लक्ष्यमा विभागको ध्यान News Polar बाढीबाट बच्न पूर्वसतर्कता अपनाउन अपिल News Polar सुदूरपश्चिममा सेनाको हेलिकप्टरसहित विपद् प्रतिकार्य तयारी अवस्थामा News Polar पचास लाखभन्दा बढीका मोबाइलका सामान गौरमा बरामद News Polar नेप्से परिसूचक ३६ दशमलव २५ अङ्कले घट्यो News Polar शव पहिचानमा चीनको प्राविधिक सहयोग, नास्टमा डीएनए परीक्षण जारी News Polar फागुन २१ को निर्वाचन अघिल्ला राजनीतिक घटनाक्रमको ‘रंगमञ्च’ : मञ्जु भण्डारी News Polar संक्रामक पशु रोग नियन्त्रणमा वैज्ञानिक प्रणाली र समयमै क्षतिपूर्ति दिन सांसदको माग News Polar विष्णु रिजालको माग : नेपाली सेनासँग पार्टीको सम्बन्ध के हो स्पष्ट पारियोस News Polar कोरलानाकाबाट २० दिनमै दुई अर्ब ५४ करोड राजस्व सङ्कलन News Polar रोजगारदाताले कामदार र कामदारले रोजगार नपाउने समस्याको अन्त्य गर्नेगरी काम गर्दैछौँः मन्त्री यादव News Polar भोटेकोशी बाढी प्रभावितमा बढ्दो मानसिक त्रास, आरआरएनद्वारा मनोसामाजिक सहयोग विस्तार News Polar फिनटेकको विकास र अन्तर्राष्ट्रिय अभ्यास सम्बोधन गर्न भुक्तानीसम्बन्धी विधेयक अपरिहार्य : अर्थमन्त्री वाग्ले News Polar कोशी प्रदेशमा असोज १४ देखि २० गतेसम्म सीप तथा रोजगार मेला हुने News Polar डिजिटल भुक्तानी प्रणाली सुरक्षित र पारदर्शी बनाउन कानुनी व्यवस्था गर्नुपर्छ : सांसद कर्ण News Polar विदेशी भुक्तानी सेवा प्रदायकबाट अवसरसँगै पुँजी पलायन र साइबर सुरक्षामा सजग हुनुपर्छ : सांसद बयक News Polar पार्टी, लोकतन्त्र र राष्ट्र असाधारण संकटमा छन्, एमालेले एकताको अगुवाइ गर्नुपर्छ : ज्ञवाली News Polar असोज १६ भित्र दर्ता विधेयक समितिमा पठाउने तयारी News Polar मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा

नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु

नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु
अ+ अ-

काठमाडाैँ । नेपाल–जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सवको अवसरमा नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी तथा व्यापार–लगानी मेला शुरु भएको छ । नेपाल चेम्बर अफ कमर्स र नेपाल एओटीएस एलुम्नाइ सोसाइटीले संयुक्त रूपमा आयोजना गरेको मेला बिहीवारदेखि ललितपुरस्थित होटल हिमालयमा शुरु भएको हो । मेलाको जापान सरकारको अर्थ, व्यापार तथा उद्योग मन्त्रालयका निर्देशक तानाका काजुसीगि, नेपालका लागि जापानी राजदुत मायदा तोरु, चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

प्रदर्शनीले नेपाल र जापानबीच रहेका सांस्कृतिक तथा सामाजिक समानतालाई उजागर गर्ने उद्देश्य राखेको नेपाल एओटीएस एलुम्नाइ सोसाइटीका अध्यक्ष किशोरभक्त माथेमाले जानकारी दिनुभयो । उहाँकाअनुसार प्रदर्शनीमा प्रकृति, संस्कृति, जीवनशैली, खानपान र सामाजिक मूल्यका साझा पक्ष चित्र तथा सामग्रीमार्फत प्रश्तुत गरिएको छ । व्यापार मेलाले व्यवसाय–व्यवसाय (बी–टु–बी) सम्बन्ध विस्तार, प्रविधि हस्तान्तरण, लगानी प्रवद्र्धन र दिगो आर्थिक साझेदारीलाई थप गति दिने अपेक्षा गरिएको उहाँले बताउनु भयो । उहाँले प्रदर्शनीको विशेष आकर्षणका रूपमा जापानको परम्परागत चिया समारोहको प्रदर्शन गरिएको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा चेम्बर अध्यक्ष अग्रवालले नेपाल–जापानबीच सम्बन्धको चर्चा गर्दै जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । जलविद्युत, पर्यटन, कृषि, सूचना प्रविधि, उत्पादन, नवीकरणीय ऊर्जा, स्वास्थ्य, शिक्षा र डिजिटल सेवाका क्षेत्रमा संयुक्त लगानी गर्न तथा प्रविधि हस्तान्तरण विस्तार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रत्यक्ष वैदेशिक लगानी, सीप विकास र औद्योगिक सहकार्य बढाउन दुवै देशका निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । उहाँले चेम्बर स्वदेशी तथा विदेशी लगानीकर्ताहरूका लागि अनुकूल व्यावसायिक वातावरण निर्माण गर्न सहयोग पूर्ण रूपमा प्रतिवद्ध रहेको उल्लेख गर्नुभयो । नेपाल–जापान सहकार्यको भविष्य केवल सरकार–सरकारबीचको सम्बन्धमा मात्र सीमित नरहेको उल्लेख गर्दै उहाँले जनस्तर–जनस्तरबीचको सम्बन्ध, शैक्षिक साझेदारी, औद्योगिक सहकार्य तथा निजी क्षेत्रको नेतृत्वमा पनि समान रूपमा निर्भर रहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि जापानी राजदुत मायदा तोरुले जापानमा तीन लाखभन्दा बढी नेपाली अध्ययन र रोजगारीमा संलग्न रहेको उल्लेख गर्दै उनीहरूले दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्धलाई थप मजबुत बनाएको बताउनु भयो ।

राजदुत तोरुले नेपाल आर्थिक रूपान्तरणको चरणमा रहेको उल्लेख गर्दै जलविद्युत्, सडक, रेल, उत्पादन, सूचना प्रविधि, पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताउनु भयो । उहाँले नेपालमा विभिन्न क्षेत्रमा ४९ भन्दा बढी जापानी कम्पनीहरुले व्यवसाय गरिरहेको जानकारी दिनुभयो । नेपालसँग व्यापार तथा लगानी गर्न इच्छुक जापानी कम्पनीहरूबाट जापानस्थित नेपाली दुतावासमा प्रत्येक वर्ष २०० भन्दा बढी व्यावसायिक जिज्ञासाहरू प्राप्त हुने गरेको उहाँको भनाई छ । उहाँले नागढुंगा सुरुङमार्ग, बीपी राजमार्ग तथा तनहुँ जलविद्युत् आयोजनाजस्ता परियोजनामा जापानले निरन्तर सहयोग गरिरहेको र आगामी दिनमा पनि सहकार्य जारी रहने प्रतिबद्धता जनाउनु भयो ।

प्रदर्र्शनीले नेपाल–जापानबीचको ७० वर्षे कुटनीतिक सम्बन्धलाई सांस्कृतिक आदान–प्रदानसँगै व्यापार, लगानी र आर्थिक सहकार्यको नयाँ चरणमा विस्तार गर्ने विश्वास व्यक्त गरिएको छ । शुक्रबारसम्म चल्ने प्रर्दशनीमा नेपाल र जापानबीचका संस्कृति, परम्परा, वास्तुकला, खानपान र सामाजिक मूल्यका समानता झल्काउने ७० सामग्री प्रदर्शनमा राखिएका छन् ।

साथै, जापानी चिया संस्कार, व्यापार तथा लगानी मेला, सेमिनार र प्यानल छलफल पनि आयोजना गरिएको छ । व्यापार मेलामा २० भन्दा बढी नेपाली तथा जापानी कम्पनी र संस्थाका करिब दुई दर्जन स्टल रहेका छन् । ती स्टलमा उत्पादन, सेवा, प्रविधि, नवप्रवर्तन तथा लगानीका अवसर प्रस्तुत गरिएको छ । कार्यक्रममा सहभागी हुन २० सदस्यीय जापानी व्यवसायिक प्रतिनिधिमण्डल नेपाल आएको छ । प्रतिनिधिमण्डलले नेपाली निजी क्षेत्रसँग व्यापार, लगानी, प्रविधि हस्तान्तरण र साझेदारी विस्तारका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।